काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण भएको पहिलो वर्षमै रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले शेयरधनीलाई ३० प्रतिशत नगद लाभांश (करसहित) दिने भएको छ ।
कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२÷८३ को वित्तीय विवरण पारित गर्दै ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव आगामी असोज २२ गते बस्ने साधारणसभाले अनुमोदन गरेपछि लाभांश वितरण हुनेछ ।
१ अर्ब ९० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले ३० प्रतिशतका दरले ५७ करोड रुपैयाँ लाभांश वितरण गर्नेछ ।
लाभांश वितरणलगायत प्रस्ताव पारित गर्न कम्पनीले असोज २२ गते काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनका लागि असोज १४ गते एक दिन शेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गरिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार नेप्सेमा असोज १३ गतेसम्म कारोबार भई शेयर खरिद गरेर आफ्नो नाममा नामसारी गराइसकेका शेयरधनी साधारणसभामा सहभागी हुन योग्य हुनेछन् ।
बुक बिल्डिङ विधिबाट आईपीओ जारी गरेको रिलायन्स स्पिनिङ मिल्स नेपालको ठूलो रोजगारदाता र निर्यातमूलक कम्पनी हो । कम्पनीले वार्षिक करिब ५ करोड अमेरिकी डलर बराबरको धागो निर्यात गर्दै आएको छ । कम्पनीमा करिब ४ हजार कामदार कार्यरत छन् ।
सुनसरीको खनार र दुहबीमा रहेका दुई उद्योगबाट कम्पनीले कपास, पोलिस्टर, भिस्कोज, एक्रेलिक र टेक्सचर्ड यार्न उत्पादन गर्दै आएको छ । उत्पादित धागो नेपालमा खपत हुनुका साथै भारत, टर्कीलगायत देशमा निर्यात हुने गरेको छ ।
सम्बन्धित समाचार
सुन र चाँदी दुवैको मूल्य बढ्यो, कतिमा कारोबार भइरहेको छ आज ?
बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै
इटहरीमा स्मार्ट सहजिलो ट्राभल एण्ड टुरको कार्यालय उद्घाटन
अर्थमन्त्री डा. वाग्लेद्वारा पुँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन
धरानको भाटभटेनी सुपर मार्केट बुधबारदेखि पुनः सञ्चालनमा आउने
अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार
प्रधानमन्त्री र उद्योगी-व्यवसायीबीच सिंहदरबारमा छलफल
मादी मिदिम साकोसका सञ्चालकहरू ६४ जना विरुद्ध पाँच करोड बढी हिनामिना गरेको अभियोगमा मुद्दा दर्ता





