धरानको भाटभटेनी सुपर मार्केट बुधबारदेखि पुनः सञ्चालनमा आउने

धरान । धरानको पुतलीलाइनस्थित भाटभटेनी सुपर स्टोर बुधबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ।

भाटभटेनी सुपर मार्केट प्रालिका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार स्टोरले भदौ २४ गते बुधबारदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गर्नेछ।

ग्राहकको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता कायम रहेको कम्पनीले जनाएको छ।

स्टोर पुनः सञ्चालनमा आउने अवसरमा भाटभटेनी सुपर मार्केटले ग्राहक, शुभेच्छुक तथा सरोकारवालाप्रति निरन्तरको साथ, सहयोग र विश्वासका लागि आभार व्यक्त गरेको छ।

भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले पुनः सञ्चालनको अवसरमा ग्राहक तथा सरोकारवालालाई उपस्थितिका लागि आग्रह गरेका छन्।

तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)

epaper

ताजा समाचार

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा