नेपाल र बंगलादेशबीच मार्चमा ३ खेलको टी–२० सिरिज हुने

काठमाडौं । नेपाल र बंगलादेशबीच तीन खेलको टी–२० सिरिज हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) को संयुक्त पहलमा आगामी मार्चमा सिरिज आयोजना हुने भएको हो ।

नेपाल र बंगलादेशबीचको सिरिज हालै नेपालमा आएको विनाशकारी बाढी विपद्का क्रममा ज्यान गुमाएका व्यक्तिहरूको स्मृतिमा समर्पित गरिने भएको छ । क्यानका अनुसार सिरिजलाई क्रिकेट मैदानमा हुने खेलमा मात्रै सीमित नराखी नेपालको समग्र क्रिकेट विकासमा दीर्घकालीन सहकार्यका रूपमा अघि बढाइनेछ ।

बीसीबीले नेपालको महिला क्रिकेट तथा उमेर समूहको क्रिकेट विकास र क्षमता अभिवृद्धिका कार्यक्रमहरूमा सहयोग गर्नेछ । यस्तै, भविष्यमा नेपाल ‘ए’ टोलीका भ्रमण तथा द्विपक्षीय ‘ए’ टोलीका कार्यक्रमलाई समेत प्रोत्साहन गर्दै खेलाडी विकास, प्रतिस्पर्धात्मक अनुभव र नेपालको क्रिकेटको दीर्घकालीन विकासमा सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ ।

सिरिजअन्तर्गत पहिलो खेल मार्च २६, २०२७ मा हुनेछ । दोस्रो खेल मार्च २८ र तेस्रो खेल मार्च ३० मा हुनेछ । सिरिजका तीनवटै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 16 times, 1 visits today)

epaper

ताजा समाचार

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको ९ करोड २५ लाख सहयोग