काठमाडौं । साताको कारोबारको चौथो दिन बिहीबार सेयर बजार बढेर बन्द भएको छ । बुधबार २१ अंकले घटेको नेप्से आज करिब १२ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.९३ अंक बढेर २६२४.३६ विन्दुमा पुगेको छ।
आज सेन्सेटिभ इण्डेक्स २.०७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.९५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अंक बढेको छ। नेप्सेसँगै कारोबार रकम पनि बढेको छ।
१३ मध्ये आज ११ उपसमूहको परिसूचक बढेको छ । जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.०८ प्रतिशत बढेको छ। कारोबारमा आएको लगानी र अन्य उपसमूहको परिसूचक भने सामान्य अंक घटेको छ।
बुधबार पाँच अर्ब ३८ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३९ स्टकको ५१ हजार ७२८ पटकको कारोबारमा पाँच अर्ब ४९ करोड ९३ लाख १६ हजार रुपैयाँबराबरको कारोबार भएको छ।
सिद्धार्थ बैंकको ३३ करोड ६२ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। बैंकले २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु आकर्षित भएका हुन्।
शिवम् सिमेन्ट्सको कारोबार रकम २७ करोड रुपैयाँ नाघेको छ भने सोलु हाइड्रोपावरको करिब २४ करोड रुपैयाँको शेयर कारोबार भएको छ।
धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक १२.४३ प्रतिशत बढेको छ। नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य करिब साढे ६ प्रतिशत र माउन्टेन हाइड्रो नेपालको सेयरमूल्य साढे ५ प्रतिशत बढेको छ।
सम्बन्धित समाचार
एक महिनामै अस्वाभाविक महँगियो भान्सा
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन
पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना जारी
१०० अर्ब डलरको लक्ष्यसहित पाण्डेको पुस्तक सार्वजनिक
शेयर बजारमा उछाल, एकै दिन ४८ अंकले बढ्यो नेप्से
राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीहरूद्वारा १५ लाख ७४ हजार बढी सहयोग
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान
चालु आवको दुई महिना : सरकारको आम्दानीभन्दा खर्च नौ अर्बले बढी






