काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विद्यमान कानुनी व्यवस्थामा संशोधन प्रक्रिया अघि बढाएको छ ।
स्वास्थ्यकर्मीमाथि हुने दुव्र्यवहार तथा स्वास्थ्य संस्थामा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्दै सुरक्षित कार्य वातावरण सुनिश्चित गर्ने उद्देश्यले मन्त्रालयले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक’ संसद् सचिवालयमा दर्ता गराएको हो ।
मन्त्रालयबाट अघि बढाइएको सो विधेयकलाई मन्त्रिपरिषद्को गत २९ भदौको बैठकले संसदमा पेस गर्न स्वीकृति दिएको थियो । मन्त्रिपरिषद्बाट स्वीकृति पाएपछि विधेयक संसद् सचिवालयमा दर्ता गरिएको हो ।
स्वास्थ्य सेवाको नियमित, भरपर्दो, मर्यादित र प्रभावकारी प्रवाहका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा आवश्यक रहेको भन्दै मन्त्रालयले विद्यमान कानुनी संरचनालाई समयसापेक्ष बनाउन संशोधन प्रक्रिया अघि बढाएको जनाएको छ ।
मन्त्रालयले स्वास्थ्यकर्मीको पेसागत सुरक्षालाई प्राथमिकतामा राख्दै सुरक्षित र सम्मानित कार्य वातावरण सुनिश्चित गर्न आवश्यक कानुनी सुधारलाई अघि बढाएको हो । विधेयक संसद्को प्रक्रियामा प्रवेश गरेसँगै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी कानुनी व्यवस्थालाई थप प्रभावकारी बनाउने बाटो खुलेको छ ।
सम्बन्धित समाचार
भोटेकोशी बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्ब रुपैयाँको छात्रवृत्ति योजना घोषणा
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल गरी सुझाव तथा पृष्ठपोषण संकलन गरिने
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
विद्यालय शिक्षालाई रोजगारमुखी, प्रयोगात्मक र विद्यार्थीको रुचिमा आधारित बनाउन सुझाव
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
नगरपालिकावाट २० हजार बोरा सिमेन्ट र ५ सय बण्डल पाइप गायब
कांग्रेस बैठकमा निवर्तमान पदाधिकारी तथा सदस्यहरू सहभागी






