काठमाडौं । कांग्रेस सभापति गगन थापाले आफूले हरसम्भव प्रयास गर्दा पनि निवर्तमान सभापति शेरबहादुर देउवालाई भेट्ने समय नपाएको खुलासा गरेका छन । आइतबार र सोमबार बसेको पार्टीको कार्यसम्पादन समिति बैठक बसेको थियो ।
जसमा सभापति थापाले सोमबार पार्टीका पदाधिकारी र सदस्यहरूले राखेका धारणा र प्रश्नको जवाफ दिने क्रममा सभापति थापाले यस’bout जानकारी गराएका हुन । सभापति थापाले भदौ ५ गते शुक्रबार देउवाका स्वकीय सचिव भानु देउवालाई टेलिफोन गरेर भेट्नका लागि समय मागेका थिएँ ।
तर थापाले भेट्नका लागि आफूले समय नै नपाएको ब्रिफिङ गरेको एक पदाधिकारीले जानकारी दिएका छन् । सभापति थापाको भनाइ उद्धृत गर्दै ती पदाधिकारीले भने, ‘म सबै पार्टीलाई मिलाएर अगाडि बढ्नुपर्छ भन्ने पक्षमा छु । त्यसका लागि मैले निवर्तमान सभापतिसँग भेटेर कुरा गर्न चाहेको छु । समय पाएको छैन ।’
देउवासँग समय नपाएपछि आफूले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग शनिबार साँझ र नेता डा. शेखर कोइरालासँग आइतबार भेटेको पनि बैठकमा जानकारी गराएका थिए । भेटमा इतर समूहले राख्दै आएका मागका विषयमा कुराकानी भएको थापाको भनाइ थियो ।
थापाले इतर समूहले राख्दै आएको प्रमुख माग भन्दै १५ औँ महाधिवेशनका लागि भन्दै नवीकरण गरेका क्रियाशील सदस्यलाई डिजिटल्ली अद्यावधिक गर्ने विषयलाई अनिवार्य नगर्ने निर्णय प्रस्ताव गरेका थिए । त्यो प्रस्ताव बैठकले स्विकार्दै निर्णय गरेको छ । तथापि बैठकपछि जारी विज्ञप्तिमा त्यो विषय उल्लेख छैन ।
तर, कांग्रेस प्रवक्ता देवराज चालिसेले क्रियाशील सदस्यता अद्यावधिक नगरेकालाई सर्तसहित महाधिवेशनमा सहभागी गराउने निर्णय भएको बैठकपछि सञ्चारकर्मीहरूसँग बताएका थिए ।
बैठकमा आगामी असोज १६ गतेदेखि १९ गतेसम्मका लागि तोकिएको १५ औँ महाधिवेशनको मिति एक महिना जति सारेर भए पनि पार्टीमा सबैलाई मिलाउनु पर्ने प्रस्ताव आएको थियो । नेता अर्जुननरसिंह केसीले महाधिवेशनको मिति कात्तिकसम्म सारेमा पार्टीमा सहमति हुने र त्यसको नेतृत्व आफूले लिने बताएका थिए ।
तर, केसीको त्यो प्रस्ताव भने सभापति थापाले स्विकारेनन् । केन्द्रीय महाधिवेशनको मिति सर्वोच्च अदालतका कारणले आफूले सार्न नसक्ने थापाले बताएका थिए । सर्वोच्चमा आफूहरूले जवाफ पेस गर्दा असोज १६ देखि १९ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने उल्लेख गरेकाले सार्न नसक्ने बताएको अर्का बैठकमा सहभागी नेताले बताए ।
सम्बन्धित समाचार
गरिमा हत्या प्रकरणः सरकारको शैलीमाथि संसदमा प्रश्न, बलात्कारमा कडा सजायको माग
उद्धारका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले
कांग्रेस महाधिवेशन रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग ‘ब्रिफिङ’ लिँदै
‘प्रधानमन्त्री आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ यो के तरिका हो ?’
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
जेनजी आन्दोलनको एक वर्ष: ८४ अर्बको क्षति, पुनर्निर्माण अझै अधुरै






