सप्तरी । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि चित्रगुप्त सेवा समिति र चित्रांश (कायस्थ) समाजले मिलेर एकलाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको छ ।
चित्रगुप्त सेवा समितिका अध्यक्ष विमलकुमार कर्ण, महासचिव रणधीरकुमार कर्ण, सचिव सुरेन्द्रलाल कर्ण, कोषाध्यक्ष राजेशकुमार कर्ण, सदस्यहरु दिलिप दास, राजिवकुमार कर्ण र पुर्वअध्यक्ष अशोककुमार कर्णलगायतको अगुवाइमा कायस्थ समुदायका दाताहरुबाट संकलित उक्त रकम बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
बाढीबाट प्रभावित नागरिकको व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले कोषमा उक्त रकम जम्मा गरिएको अध्यक्ष कर्ण बताए ।
देशमा ठूलो संकट परेका बेला सबै मिलेर सहयोग गर्नुपर्छ भन्ने भावनाले यसरी रकम संकलन गरिएको चित्रगुप्त सेवा समितिका महासचिव रणधिर कुमार कर्णले बताए ।
कोषमा जम्मा गरिएको उक्त रकमको भौचर सहित अभिलेखका लागि बिहीबार नै जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रशासकीय अधिकृत मोना झालाई हस्तान्तरण गरिएको समितिका सचिव सुरेन्द्रकुमार कर्णले जानकारी दिए ।
सम्बन्धित समाचार
‘भगवान श्रीकृष्णको महिमाले छोराको पुनर्जन्म भो’
प्रहरी खोरमा नेता, नायक र प्रहरी निरीक्षक
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
जेनजी शहीदहरूको स्मृतिमा कमन जेनजीद्वारा दीप प्रज्वलनसहित श्रद्धाञ्जली
प्रादेशिक अस्पताल कलैयाको एक्सरे ठप्प
बालेन सरकार बनेदेखि मौलापुरमा तीन जना प्रमुख प्रशासकीय अधिकृतको सरुवा
बारमा बलराम, गोला तानेर कोषाध्यक्ष बने भोगीलाल
अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार





