प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिका जाँदै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज अपराह्न अमेरिका प्रस्थान गर्दैछन् । संयुक्त राष्ट्र संघको ८१औँ महासभामा भाग लिन उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेका हुन् ।

१४ सदस्यीय टोलीसहित अमेरिका जान लागेका प्रधानमन्त्री शाहले महासभामा ८ असोजमा सम्बोधन गर्ने तालिका छ ।

प्रधानमन्त्री शाहले नेपालमा बढ्दै गएको जलवायु संकट र त्यसमा नेपालले पाउनुपर्ने न्याय, प्रविधि हस्तान्तरण, जलवायु वित्तमा सहज पहुँच तथा पुननिर्माणमा अन्तर्राष्ट्रिय सहयोग जस्ता विषयलाई प्राथमिकतामा राखेर महासभालाई सम्बोधन गर्नेछन् ।

महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको टोली गत आइतबार नै न्युयोर्क प्रस्थान गरिसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिका जाँदै