कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ। उक्त राजमार्गको सुर्खेत-जुम्ला सडकखण्डअन्तर्गत दुल्लु नगरपालिका-१ दैलेखको भम्लु खोलास्थित गए राति माथिबाट सुक्खा पहिरो आएर सडक अवरद्ध भएको हो।
सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराका अनुसार राजमार्गअन्तर्गत कालीकोट खाँडाचक्र नगरपालिकाको पिली, शुभकालिका गाउँपालिकाको गगने खोला र एस मोडमा खसेको पहिराले यही भदौ २० गतेदेखि बन्द सडक मङ्गलबार दिउँसोदेखि सञ्चालन भएको थियो। दैलेखमा गए राति गएको सुक्खा पहिरोले सडक पुनः अवरुद्ध भएपछि यातायात सेवा प्रभावित भएको परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
प्रहरीका अनुसार आज बिहान प्रहरी चौकी तल्लो डुङ्गेश्वरबाट प्रहरी टोली भम्लु खोलामा खटिएको र सडक जतिसक्दो छिटो खोलेर आवागमन सञ्चालन गर्न सडक डिभिजन कार्यालय सुर्खेतसँग आवश्यक समन्वयमा पहिरो पन्छाउने काम सुरु भएको छ। सडक अवरोधका कारण हुम्ला, मुगु, जुम्ला, कालीकोटबाट सुर्खेत, नेपालगन्ज, काठमाडौं गन्तव्य यात्रुहरूलाई सास्ती भएको जनाइएको छ।
सम्बन्धित समाचार
नागढुंगादेखि भरतपुरसम्मको सडक बन्द
बाढी पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा
कांकडभिट्टामा गोप्रो क्यामेरा जडान
उद्धारमा जाने निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न पत्राचार
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै
सशस्त्रद्वारा एप्पल कम्पनीको झण्डै साढे दुई करोड रुपैयाँबराबरको एयर वर्ड्र्स बरामद
क्यासिनोबाट गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक पक्राउ






