पेरिसडाँडामा नेकपाको केन्द्रीय संयोजन समितिको बैठक

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक सुरु भएको छ । मंगलबार दिउँसो १ बजेदेखि बैठक सुरु भएको हो । बैठकले नेकपाको मंसिरमा हुने एकता महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा छलफल गर्ने भएको छ ।

माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकता हुँदा २०८३ मंसिरमा एकता महाधिवेशन गर्ने सहमति भएको थियो । तर अब दुई महिना मात्र बाँकी छँदा नेकपाले महाधिवेशनको कार्यतालिका ल्याउन सकेको छैन ।

यसका साथै नेकपाका भ्रातृसंगठनको एकता पनि भएको छैन । विभिन्न पार्टीसँग एकता गरिए पनि तिनीहरूसँग ठोस एकता हुन सकेको छैन । नेकपा नेता प्रकाश ज्वालाले मंगलबारको बैठकले महाधिवशनको परिमार्जित कार्यतालिका सार्वजनिक गर्ने सम्भावना रहेको बताए । 

तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)

epaper

ताजा समाचार

फरुवाले टाउकोमा प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ