रौतहट । वर्षको जीतपुरसिमरा उपमहानगरपालिका–८ स्थित आरएमसी कम्पनीनजिक घाइते अवस्थामा भेटिएका २४ वर्षीय राजु सहनीको उपचारका क्रममा मृत्यु भएपछि घटना रहस्यमय बनेको छ। परिवारले सहनीको मृत्यु मोटरसाइकल दुर्घटनाका कारण मात्रै नभई योजनाबद्ध घटनाको परिणाम हुनसक्ने आशंका गर्दै निष्पक्ष अनुसन्धानको माग गरेको छ।
असोज २ गते राति गणेश चतुर्थी महोत्सवबाट घर फर्किने क्रममा सहनी सडकमा गम्भीर घाइते अवस्थामा भेटिएका थिए। प्रारम्भिक विवरणअनुसार रमौलीबाट जीतपुरतर्फ आउँदै गरेको मोटरसाइकलमा पछाडि सवार सहनीले सडकमा अचानक सर्प देखेपछि आत्तिएर मोटरसाइकलबाट हाम फालेका थिए।
तर, सहनीको शरीरमा देखिएका चोटपटक र घटनाअघिको पारिवारिक विवादले घटनालाई थप शंकास्पद बनाएको परिवारको भनाइ छ। ‘फारम’को विषयलाई लिएर दुई परिवारबीच पहिलेदेखि विवाद रहेको जनाउँदै परिवारले सहनीमाथि ढुंगा प्रहार गरी हत्या गरिएको र त्यसलाई दुर्घटनाको रूप दिन खोजिएको आरोप लगाएको छ।
घाइते सहनीलाई तत्काल उपचारका लागि काठमाडौंस्थित न्यूरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा असोज ४ गते आइतबार दिउँसो १२ः५४ बजे चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए।
मृत्युपछि परिवारले घटनाको अनुसन्धान दुर्घटनामा मात्रै सीमित नराखी आपराधिक कोणबाट समेत अघि बढाउन माग गरेको छ। घटनास्थलको अवस्था, सहनीको शरीरमा देखिएका चोट, मोटरसाइकलको अवस्था तथा घटनाअघिको विवादलगायत पक्षलाई अनुसन्धानमा समेट्नुपर्ने परिवारको भनाइ छ।
यसैबीच, घटनामा आरोप लागेका व्यक्तिसहित परिवारका केही सदस्य घरमा ताल्चा लगाएर सम्पर्कविहीन भएको स्थानीयले बताएका छन्। तर, उनीहरू फरार रहेको वा घटनामा उनीहरूको संलग्नता रहेको विषयमा प्रहरीले अहिलेसम्म औपचारिक पुष्टि गरेको छैन।
जिल्ला प्रहरी कार्यालय बाराले घटनाको वास्तविकता अनुसन्धानपछि मात्रै खुल्ने जनाएको छ। प्रहरीले घटनास्थल, चोटपटक, मृत्युको कारण र घटनासँग सम्बन्धित व्यक्तिहरू’bout अनुसन्धान भइरहेको जनाएको छ। सहनीको मृत्यु दुर्घटनाकै कारण भएको हो वा त्यसमा अन्य आपराधिक पक्षसमेत जोडिएको छ भन्ने विषय अहिले अनुसन्धानकै क्रममा छ।
सम्बन्धित समाचार
पाँच वर्षपछि हत्या आरोपमा एमाले नेताका छोरा पक्राउ
३० केजी गाँजा सहित पर्सामा तीनजना पक्राऊ
ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ
जेनजी शहीदहरूको स्मृतिमा कमन जेनजीद्वारा दीप प्रज्वलनसहित श्रद्धाञ्जली
बालेन सरकार बनेदेखि मौलापुरमा तीन जना प्रमुख प्रशासकीय अधिकृतको सरुवा
बारमा बलराम, गोला तानेर कोषाध्यक्ष बने भोगीलाल
ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व संङ्कलन
एक अर्ब ३४ करोड रुपैयाँको हुन्डी कारोबार गरेको अभियोगमा २४ वर्षीय युवक पक्राउ






