काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्क रहेका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि राष्ट्रसंघ मुख्यालयमा स्थानीय समयअनुसार साँझ ६ः३० बजे (नेपाली समयअनुसार शुक्रबार बिहान ४ः१५ बजे) महासचिव गुटेरेससँग भेट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा प्रधानमन्त्री शाहले नेपालप्रतिको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उनको सफल कार्यकालका लागि बधाई दिए । रसुवाको भोटेकोशी नदीमा आएको विपद्बाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताए ।
त्यस अवसरमा महासचिव गुटेरेसले भोटेकोशी विपदमा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताए । उनले युवा नेपाली प्रतिनिधिमण्डलको प्रशंसा पनि गरे । आफू सन् १९७८ मा पर्यटकका रूपमा नेपाल गएको स्मरण गर्दै महासचिव गुटेरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे ।
साथै, प्रधानमन्त्री शाह र महासचिव गुटेरेसबीच नदी किनारका बासिन्दाको पुनर्वास र हरित पुनर्निर्माणका विषयमा छलफल भएको थियो । अतिकम विकसित राष्ट्र (एलडीसी) सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा विस्तार’boutमा पनि कुराकानी भएको थियो ।
सम्बन्धित समाचार
तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
आज विश्वकर्मा पूजा मनाइँदै, यस्तो छ धार्मिक विश्वास
माथिल्लो त्रिशूली १ को सुरुङभित्र भेटिए १८ वटा शव, खोजीकार्य जारी
सप्तरीबाट मध्यराति १ हजार ४ सय किलो गाँजा बरामद
मलेसियाका समकक्षी इब्राहिमबीच प्रधानमन्त्री शाहले भने– सिन्डिकेट र बिचौलियातन्त्र कुनै पनि हालतमा स्वीकार्य छैन
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची
बीपी राजमार्गमा सवारी सञ्चालनमा रोक






