बारा । कोल्हवीमा टिभी चलाउने क्रममा करेन्ट लाग्दा १० वर्षीय बालकको मृत्यु भएको छ । करेन्ट लागेका बालकलाई छुट्याउन खोज्दा परिवारका सदस्यसहित चार जना घाइते भएका छन् ।
कोल्हवी नगरपालिका–३ जुगुवा टोलका श्याम रामका १० वर्षीय छोरा आकाश रामलाई शुक्रबार दिउँसो करिब १२ बजे टिभी चलाउने क्रममा तार सर्ट भएर करेन्ट लागेको हो ।
गम्भीर घाइते भएका आकाशलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो । तर, अस्पताल पुर्याउँदा चिकित्सकले ईसीजी परीक्षण गरी उनलाई बाटोमै मृत्यु भइसकेको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी मिनबहादुर घलेले बताए ।
करेन्ट लागेका आकाशलाई छुट्याउने क्रममा उनकी करिब ७० वर्षीया हजुरआमा ऐतबरिया, १२ वर्षीया दिदी निलम राम तथा स्थानीय पाचु रामकी ४० वर्षीया श्रीमती फूलकुमारी राम र बिगम शर्माकी ४१ वर्षीया श्रीमती अनिता शर्मा घाइते भएका छन् ।
ऐतबरिया, निलम र फूलकुमारीको स्थानीय तामागढी अस्पताल तथा अनिताको पनि सोही क्षेत्रको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरूमध्ये ऐतबरिया, निलम र फूलकुमारीको अवस्था मध्यम तथा अनिताको अवस्था सामान्य रहेको डीएसपी घलेले बताए ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय कोल्हवीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थल सुरक्षित राखी थप अनुसन्धान तथा घटनाको मुचुल्काका लागि इलाका प्रहरी कार्यालय बारागढीबाट प्रहरी निरीक्षक सविनकुमार कार्कीको नेतृत्वमा टोली खटाइएको डीएसपी घलेले जानकारी दिएका छन्।
सम्बन्धित समाचार
वित्तीय अनुशासन र कर्मचारी व्यवस्थापन सुधार प्रयासमा मधेस
हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह
एउटा धाराको भरमा २ सय परिवार
स्थानीयमा भयावह भ्रष्टाचारः सरकारको ध्यानाकर्षण
शिक्षामन्त्री पोखरेललाई आम विद्यार्थी मोर्चाका सचिव प्रिन्स साहको ५ प्रश्न
मधेश प्रदेश सांसद जैनब खातुनको निधन
पाँच वर्षपछि हत्या आरोपमा एमाले नेताका छोरा पक्राउ
रास्वपा नेताको घरमा छापा : भन्सार छलीका ५० लाखभन्दा बढीका मोबाइल पार्ट्स बरामद





