रौतहट । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा केही समयअघि देखिएको जस्तै घटना रौतहटमा पनि दोहोरिएको छ। स्वास्थ्यकर्मीको अभावमा गरुडा नगरपालिका–६ पोठियाहीस्थित बर्थिङ सेन्टरमा सुत्केरी गराउन पुगेकी एक महिलाले सेन्टरको बाहिरै बच्चा जन्माउनुपरेको छ।
आइतबार बिहान करिब साढे १० बजे स्थानीय आमिचन माझी मुसहरकी छोरीलाई सुत्केरी गराउन बर्थिङ सेन्टर पुर्याइएको थियो। तर त्यहाँ सुत्केरी गराउने स्वास्थ्यकर्मी उपलब्ध नभएको जानकारी पाएपछि महिलाकी सासु अटो रिक्सा खोज्न बाहिर निस्किएकी थिइन्।
त्यसैबीच सुत्केरी व्यथा बढेपछि ती महिलाले बर्थिङ सेन्टरको गेट बाहिरै बच्चा जन्माएकी हुन्। वडा नम्बर ६ का अध्यक्ष रामबाबु चौधरीका अनुसार बच्चा जन्मिएपछि सेन्टरका कर्मचारी रौशन जैसवाललाई घरबाट बोलाएर आमा र नवजात शिशुलाई सेन्टरभित्र लगिएको थियो।
वडा अध्यक्ष चौधरीका अनुसार उक्त बर्थिङ सेन्टरमा दरबन्दी रहेका तारा रामसहित दुई जना महिला स्वास्थ्यकर्मीलाई करिब ६ महिनाअघि अन्यत्र सरुवा गरिएको थियो। उनीहरूको सरुवापछि दक्ष जनशक्तिको अभावमा बर्थिङ सेन्टरको नियमित सेवा प्रभावित हुँदै आएको उनको भनाइ छ।
‘दक्ष स्वास्थ्यकर्मी हुँदा यही सेन्टरमा दैनिक तीन–चार जना महिलाले सुरक्षित रूपमा सुत्केरी सेवा लिने गरेका थिए। तर स्वास्थ्यकर्मी सरुवा भएपछि समस्या बढेको हो,’ चौधरीले बताए।
स्वास्थ्यकर्मीको सरुवा फिर्ता गरी बर्थिङ सेन्टरमै जनशक्ति व्यवस्थापन गर्न नगर प्रमुख कन्थमणि जैसवालसँग पटक–पटक आग्रह गरे पनि सुनुवाइ नभएको वडा अध्यक्ष चौधरीको दाबी छ।
घटनापछि नगरपालिकाको स्वास्थ्य सेवा व्यवस्थापन’bout पनि प्रश्न उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय नेता रविन्द्र यादवले विशेषगरी विपन्न तथा दलित समुदायका महिलाले सेवा लिन आउने स्वास्थ्य संस्थामै आवश्यक जनशक्ति नहुनु गम्भीर विषय भएको बताएका छन्। यादवले घटना’bout नगरपालिका पुगेर सोमबार नगर प्रमुख जैसवालसँग छलफल गर्ने बताएका छन्।
सेवा संरचना छ, जनशक्ति छैन
बर्थिङ सेन्टर स्थापना गर्नुको मुख्य उद्देश्य गर्भवती महिलालाई घरमै सुत्केरी हुनुपर्ने जोखिमबाट जोगाउँदै नजिकै सुरक्षित मातृत्व सेवा उपलब्ध गराउनु हो। तर सेवा दिने स्वास्थ्यकर्मी नै उपलब्ध नहुने अवस्था आएमा भौतिक संरचना मात्र पर्याप्त हुँदैन।
पोठियाहीको घटनाले स्थानीय तहअन्तर्गत सञ्चालित स्वास्थ्य संस्थामा दरबन्दी, जनशक्ति व्यवस्थापन र स्वास्थ्य सेवाको नियमित उपस्थितिबीच समन्वय आवश्यक रहेको देखाएको छ। विशेषगरी प्रसूति सेवा आकस्मिक प्रकृतिको हुने भएकाले तोकिएको समयमा स्वास्थ्यकर्मी उपलब्ध नहुँदा सामान्य अवस्थाको गर्भवती पनि जोखिममा पर्न सक्छिन्।
स्थानीयका अनुसार करिब ६ महिनाअघिसम्म नियमित रूपमा सुत्केरी सेवा दिइँदै आएको उक्त केन्द्रमा स्वास्थ्यकर्मी सरुवापछि सेवा प्रभावित भएको हो। अब नगरपालिकाले घटनाको वास्तविक अवस्था छानबिन गरी आवश्यक जनशक्ति तत्काल व्यवस्थापन गर्ने कि समस्या यथावत् राख्ने भन्ने विषय स्थानीयका लागि चासोको बनेको छ।
स्थानीयले बर्थिङ सेन्टरमा नियमित स्वास्थ्यकर्मीको उपस्थिति, आवश्यक दक्ष जनशक्ति र सुरक्षित मातृत्व सेवा सुनिश्चित गर्न नगरपालिकासँग माग गरेका छन्।
सम्बन्धित समाचार
एउटा धाराको भरमा २ सय परिवार
स्थानीयमा भयावह भ्रष्टाचारः सरकारको ध्यानाकर्षण
शिक्षामन्त्री पोखरेललाई आम विद्यार्थी मोर्चाका सचिव प्रिन्स साहको ५ प्रश्न
गाईमाथि खुँडा प्रहार गरेको आरोपमा २ जना पक्राउ
पाँच वर्षपछि हत्या आरोपमा एमाले नेताका छोरा पक्राउ
पसलमा हुलहुज्जत गर्ने छुट, प्रतिकार गर्ने रञ्जन सिंह प्रहरी हिरासतमा
रास्वपा नेताको घरमा छापा : भन्सार छलीका ५० लाखभन्दा बढीका मोबाइल पार्ट्स बरामद
ठेकेदार समूहद्वारा वीरगञ्जका इन्जिनियर जैसवालमाथि कुटपिट






