काठमाडौं । कांग्रेसका केन्द्रीय सदस्य राधेश्याम पाठकले परिवारका ११ जनालाई क्षेत्रीय प्रतिनिधि बनाएका छन । उनले वडा अधिवेशनबाट परिवारका ११ जना क्षेत्रीय प्रतिनिधिमा चयन भएको स्वीकार समेत गरेका छन् ।
पार्टीको १५ औं महाधिवेशनअन्तर्गत नवलपरासी (पश्चिम)मा पर्ने रामग्राम नगरपालिका–९ को वडाबाट पाँच असोजमा सर्वसम्मत चयन भएका २४ क्षेत्रीय प्रतिनिधिहरूमध्ये पाठक परिवारका ११ जनाको समावेश रहेका छन । क्षेत्रीय प्रतिनिधिको सूचीमा केन्द्रीय सदस्य पठकसँगै चन्द्र शेखर पाठक, आशुतोष पाठक, कालिन्दी पाठक, गीता पाठक, जयदेव पाठक, तुषार पाठक, दामोदर पाठक, वेदव्यास पाठक, भोला पाठक, राधेश्याम पाठक र विश्वभरप्रसाद पाठक लगायतको नाम छ ।
नेता पाठक विशेष महाधिवेशनबाट मधेसी क्लस्टरबाट केन्द्रीय सदस्य बनेका थिए । उनले वडा अधिवेशनबाट पाठक परिवारका ११ जना क्षेत्रीय प्रतिनिधिमा चयन भएको स्वीकार गरेका छन् ।

सम्बन्धित समाचार
ओली हटाउने एजेन्डामा गुन्डुमै बैठक जारी
आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै
संविधान संशोधनको साहस र स्पष्टता महाधिवेशनबाट ल्याउँछौंः गगन थापा
रास्वपाले प्रधानमन्त्रीलाई भन्यो : राष्ट्रसंघको महासभामा भोटेकोशी विपद सम्बन्धमा सम्बोधनको तयारी गर्नु
भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
इलाम कांग्रेसमा ३ जना २१ वर्षमुनिका क्षेत्रीय प्रतिनिधि
आफैँले बनाएको मापदण्ड विपरित राजदूत सिफारिस
विपद्को जोखिम अझै टरेको छैन, अत्यावश्यक कामबाहेक यात्रा नगर्नुस्ः प्रधानमन्त्री बालेन





