लमजुङ । लमजुङमा भिरबाट खसेका दुईजनामध्ये एकको निधन भएको छ । उनीहरू दुवैजना लमजुङको उत्तरी क्षेत्रमा मस्र्याङ्दी गाउँपालिका– ६ मा निर्माणाधीन सुपर ङादी जल विद्युत आयोजनामा कार्यरत थिए । मृत्यु हुनेमा सप्तरीको सप्तकोशी नगरपालिका–८ का ३७ वर्षीय रमेशकुमार चौधरी रहेको प्रहरीले जनाएको छ ।
आज सोमबार बिहान पौने ११ बजेतिर आयोजनाको काममा खटिएका बेला चौधरी कार्यस्थल नजिकैको भीरबाट करिब २० मिटर तल खसेका थिए । भीरबाट खसेर गम्भीर घाइते भएका उनलाई तत्काल उद्धार गरी जिल्ला सदरमुकाम बेसीशहर स्थित प्रदेश अस्पताल लमजुङ ल्याइएको थियो । अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई दिउँसो सवा २ बजेतिर मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, लमजुङले जनाएको छ । प्रहरीका अनुसार मृतकको आफन्तलाई खबर गरिएको र पोष्टमार्टमको तयारी गरिएको छ ।
सोही स्थानबाट खस्ने अर्का व्यक्त उक्त विद्युत आयोजनामा कार्यरत दाङको तुलसीपुर उपमहानगरपालिका– ८ का ३२ वर्षीय रविन बस्नेत हुन् । उनी भीरबाट करिब ६० मिटर तल खसेका थिए ।
आयोजना स्थलभन्दा करिब एक किलोमिटर माथि त्रिपाल लिन जाने क्रममा भिरको बाटोमा सन्तुलन गुमाउँदा बस्नेत भीरको खोंचमा खसेका थिए । उनलाई तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल लमजुङ ल्याइएको जिल्ला प्रहरी कार्यालय, लमजुङका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर क्षेत्रीले बताए । उनका अनुसार ती घाइतेको प्रदेश अस्पताल लमजुङमै उपचार भइरहेको छ ।
सम्बन्धित समाचार
मन्त्री र सचिव जोडिएको घुस प्रकरणवारे छानबिन गर्न ३ सदस्यीय समिति गठन
सहज आपूर्ति व्यवस्थापन, मिसावट र महँगी नियन्त्रणमा जोड
फ्लाइ दुबईको ऐतिहासिक पोखरा उडान
पर्वतको जलजलामा २५ घर बगे
चामेमा थुनिएको मर्स्याङ्दी नदी मंगलबार नेपाली सेनाले खोल्ने
चामेमा थुनिएको मर्स्याङ्दी नदीमा पानीभन्दा बढी गेग्र्याङ
हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो
सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ





