फेरि सुर भयाे वर्षा, मधेशबाहेकका प्रदेशमा शुक्रबारसम्म धान नकाट्न अपिल

काठमाडौं । मनसुन बाहिरिने क्रममा देशभर हल्कादेखि भीषण वर्षा सुरु भएको छ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्मै देशका अधिकांश भागमा वर्षा हुनेछ । खासगरी मधेशबाहेकका प्रदेशमा तीन दिन धान नकाट्न महाशाखाले अपिल गरेको छ ।

मंगलबारदेखि नै देशका विभिन्न भागमा मेघगर्जन र हावाहुरीसहितको वर्षा सुरु भएको हो । बुधबार बिहानदेखि काठमाडौं उपत्यकासहित गण्डकी र लुम्बिनी प्रदेशमा पानी परिरहेको छ ।

‘आज असोज २१ गतेदेखि पर्सि २३ गतेसम्म देशका अधिकांश स्थानमा पानी पर्ने सम्भावना छ। विशेषगरी मधेश प्रदेशबाहेकका स्थानका बासिन्दाले धानबाली भित्र्याउने तर्खरमा हुनुहुन्छ भने यो तीन दिन धान नकाट्नु होला। खोला खहरेहरुमा अकस्मात बाढी आउन सक्ने सम्भावना रहेकाले सचेत रहनु होला,’ पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

पछिल्लो वर्षाले दसैंमा घर जान चाहनेका लागि निकै समस्या हुने देखिएको छ । तीन दिनको वर्षाले बाढीपहिरोको जोखिम र सडक कटानको समस्या निम्तिने अवस्था छ ।

तपाइको प्रतिक्रिया
(Visited 133 times, 1 visits today)

epaper

ताजा समाचार

कार्यालय समयमै वडासचिव निदाएको तस्वीर भाइरल