काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मंसिर २ र ३ गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ ।
पार्टीको स्थायी कमिटीको प्रथम बैठकले राष्ट्रिय भेला आयोजना’bout गरेको निर्णय कार्यान्वयनका क्रममा भेलाको मिति र स्थान तय भएको एमाले संगठन विभाग प्रमुख भानुभक्त ढकालले जानकारी दिए ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा यही असोज २२ देखि २५ गतेसम्म भएको स्थायी कमिटीको प्रथम बैठकले केन्द्रीय कमिटीमा मनोनयन, स्थानीय तहका कमिटीको अधिवेशन र राष्ट्रिय कार्यकर्ता भेला आयोजनालगायतका निर्णय गरेको थियो ।
राष्ट्रिय भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिको सहभागिता रहने सङ्गठन विभाग प्रमुख ढकालले जानकारी दिए ।
तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)
सम्बन्धित समाचार
यस्ता छन्– मन्त्रिपरिषद्को ६ निर्णय
१० वर्षपछि फुक्यो निजामती कानुनको गाँठो
ऐतिहासिकस्थलमा भोलि कांग्रेसको १५औँ महाधिवेशन हुँदै
कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य
दुर्गा प्रसाईलाई २ लाख धरौटीमा छाड्न अदालतको आदेश
मतदातासँग मत माग्दै गगन थापा
तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने
राष्ट्रपति पौडेलद्वारा विपद्सम्बन्धी अध्यादेश जारी






