काठमाडौं । आस्था कला केन्द्रले दशैं, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
नारायणगोपाल चोकमा रहेको कार्यालयको हलमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्द, कलाकार आसन शर्मा लगायतका उपस्थिती रहेको आस्था कलाकेन्द्रका संस्थापक अध्यक्ष रमेश थापाले जानकारी दिए ।
आस्था कला केन्द्रमा प्रशिक्षण लिइरहेका गायन तथा नृत्यका प्रशिक्षार्थीहरुले २५ वटा प्रस्तुती दिएका थिए । मालाश्री धुनबाट सुरु भएको कार्यक्रमको अन्त्य थारु संस्कृतिको नृत्यबाट गरिएको थियो । नेपाल आइडलमा टप फाइभमा पुग्न सफल म्रिनल मानन्धरले विभिन्न गीत सुनाएर मन्त्र मुग्ध बनाउँदा बेनुप क्षेत्रीले हार्मोनियम, सुजन खनालले तबला र रोजेश पौडेलले गितार सम्हालेका थिए ।
कार्यक्रममा बेनुप क्षेत्री, रोजेश पौडेल, रोजित तामाङ, मञ्जु श्रेष्ठ, प्रस्ताव कोइराला, राम सुनार, ज्ञानेश्वर आचार्य, जेनि कला राई, कोमल राज शर्माले गीत गाएका थिए भने श्रेणी खतिवडा, अनुजा अधिकारी, श्रवण पाख्रिन, बालकृष्ण सुनार, अस्विन गुरुङ र रियाना थापाको कोरियोग्राफीमा विभिन्न उमेर समूहका नृत्य कलाकारले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।
शुभकामना आदान प्रदानका क्रममा आस्था कलाकेन्द्रको निर्माणमा तयार हुने टेलि चलचित्र चिसापानीको घोषणा गरिएको थियो । रमेश थापाको कथा तथा निर्देशन र मुक्ति पौडेलको पटकथा संवाद रहेको उक्त टेलि चलचित्रको स्क्रिप्टमा प्रथम नायिका भुवन थापा चन्दले पूजा गर्दै शुभकामना दिएकी थिइन् ।
आस्था कला केन्द्रले हरेक वर्ष घटस्थापनाका दिन शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आइरहेको छ ।
सम्बन्धित समाचार
गायिका मेलिना राईलाई पितृशोक
अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा
निखिलको ‘आचार्य’ भन्दा दिव्यदेवको ‘बा एक योद्धा’ को कमाइ बढी
भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण
नृत्य विधामा स्वजन रघुवंशीलाई विद्यावारिधि
बलिउड अभिनेता नाना पाटेकरको निधन
एक्सट्रीम म्युजिक सिरिज सुरु
लोकदोहोरी गायिका रीता थापामगर कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित






