राजविराज । दशैं तथा तिहारको अवसर पारेर यहाँका तरकारी तथा फलफूल व्यवसायीहरुले विगत पचास वर्षदेखि सयुक्तरुपमा आयोजना गर्दै आएको अष्टयाम (धार्मिक अनुष्ठान) कार्यक्रम .यस पल्ट पनि निरन्तरता पाएको छ ।
राजविराजको मुटुमै रहेको श्री चण्डी भगवती मन्दिर प्राङ्गणमा शनिवार साँझदेखि उक्त कार्यक्रम शुरु भएको हो ।
सब्जी मण्डी तथा फलफूल व्यवसायी समितिको आयोजनामा शरु भएको अष्टयाम २४ घण्टासम्म निरन्तर रुपमा संचालन हुने आयोजक समितिका अगुवा गोपाल महतोले जानकारी दिए । उनले मानव कल्याण, शान्ति तथा आपसी भाईचारा कायम राख्ने उद्देश्यले बाउबाजे कालदेखि नै बिगत पाँच दशकदेखि गरिदै आएको धार्मिक कार्यक्रमलाई आफुहरुले पनि निरन्तरता दिएको बताएका छन् ।
सप्तरीका साथै सुनसरी र मोरङका कलाकारहरुबाट समेत प्रस्तुत गरिने धार्मिक अनुष्ठानमा झण्डै चार लाख रुपैयाँ खर्च हुने तथा सम्पूर्ण खर्च राजविराज हटियाका तरकारी र फलफूल व्यवसायीहरुले मिलेर जुटाउने गरेको समितिका अर्का अगुवा अमर साहले बताए ।
उक्त कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न तरकारी र फलफूल व्यवसायी तथा समाजसेवी चन्दन साह, रुपेश देव, अनिल साह, दिलिप मण्डल, ललित दास लगायत समेत सम्मिलित एउटा उपसमिति निर्माण गरी आवश्यक व्यवस्था मिलाइएको तथा समापनका दिन आइतवार नगरबासीमा प्रसाद वितरण तथा साधु सन्तलाई मिष्ठान भोजनको व्यवस्था गराउने कार्यक्रम तय भएको समितिले जनाएको छ ।
सप्तरीमा यति लामो समयदेखि निरन्तर रुपमा यसरी धार्मिक अनुष्ठान कार्यक्रमको आयोजना गर्ने सब्जी मण्डी तथा फलफूल व्यवसायी समिति पहिलो संस्था भएको जानकारहरु बताउँछन् ।
सम्बन्धित समाचार
कुशवाहा समाजको अध्यक्षमा १ मतको अन्तरले बाजी मारे रामनारायण
हत्या आरोपीसँग हतियार प्रदर्शन गर्दै टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान
सप्तरी प्रहरीद्वारा शतप्रतिशत उजुरी फछ्र्यौट
मन्त्री यादवले भने–हल्ला कम काम बढी हुनु प-यो
विज्ञापन भ्रामकः राजहंस ब्राण्डको चामलमा कम तौल
एउटै टोलका ३ सदा परिवारको झुपडीमा छैन दशैको रौनक
लागुऔषध मुद्दामा रास्वपाका नगर सभापति पक्राउ
कार्यपालिका सदस्यको ह्यन्डिल लक भएको मोटरसाईकल चोरी






