स्याङ्जा । धान थन्क्याएर आलुखेती गर्ने किसानलाई कृषि विकास कार्यालय स्याङजाले अनुदानको व्यवस्था गरेको छ । स्याङ्जालाई आलुमा आत्मनिर्भर बनाउन कृषि विकास कार्यालयले अनुदानको प्याकेज अगाडी सारेको हो । जिल्लाभरका २८ वटा समूह र सहकारीलाई १ हजार ६ सय ४० रोपनीमा आलुखेती गर्न ७५ लाख रुपैयाँ अनुदान दिने भएको छ ।
चालु आर्थिक वर्ष २०८३–८४ का लागि कार्यालयले सामुहिक आलुखेती गर्न २८ संस्था छनोट गरेको छ । जसमा ७ नयाँ र २१ पुराना छन् । नयाँ संस्थाले २५० रोपनी र पुरानाले १३९० रोपनीमा आलुखेती गर्नेछन् । यो बर्ष क्षेत्रफलको संख्या बढ्ने छ ।
कार्यालय प्रमुख प्रकाश बास्ताकोटीका अनुसार लागत साझेदारीमा चल्ने कार्यक्रममा नयाँलाई बीउमा ५०% अनुदान, प्याकेजिङ र भण्डारणमा सहयोग दिइनेछ भने पुरानालाई बीउमा होइन, उत्पादनको आधारमा प्रतिकेजी ३ रुपैयाँ दिइनेछ । उत्पादनका आधारमा अनुदान दिदा किसान आलु उत्पादनमा बढी लाग्ने कार्यालयको विश्वास छ ।
गल्याङ, चापाकोट, भीरकोट, वालिङ नगरपालिका र कालीगण्डकी, बिरुवा, हरिनास गाउँपालिकाका किसान अहिले समूह बनाएरै व्यावसायिक आलुखेतीमा लागेका छन् । यो प्रक्रियामा स्याङजाका तीन पालिका भने समावेस छैनन् । अर्जुनचौपारी, आँधीखोला र फेदिखोला गाउँपालिका समावेसमा नपरेको कार्यालयले जनाएको छ । नयाँ छनोटमा जनकल्याण साना किसान सहकारीले सबैभन्दा बढी ६० रोपनीमा खेती गर्ने प्रस्ताव गरेको छ भने पुरानातर्फ जिमुवा कृषि उपज सहकारीले एक्लै २३० रोपनीमा खेती गर्दैछ ।
स्याङ्जा बीउ आलुमा त आत्मनिर्भर भइसक्यो, बाहिर निर्यात समेत हुन्छ । तर खायन आलु अझै अपुग छ । त्यसैले उत्पादन बढाएर आयात घटाउने लक्ष्य कार्यालयको छ । क्षेत्रफल बढ्दा उत्पादन पनि बढ्छ, यसवर्ष उत्पादन वृद्धि हुने संकेत देखिएको प्रमुख बास्ताकोटीले बताए ।
कार्यालयले किसानलाई बीउ, सिँचाइ, रोगकीरा व्यवस्थापनदेखि बजारीकरणसम्म सहयोग गर्दै आएको छ । छनोट भएका संस्थालाई कात्तिक १८ भित्र सम्झौता गर्न बोलाइएको छ । आलु भण्डारणमा सहज भएपछि किसानहरु बिऊँ आलु बाहिरबाट आयत गर्नुपरेको छैन ।
सम्बन्धित समाचार
एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने
विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुन तोलामै ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि घट्यो
दसैँको उज्यालो, विपत र अभावले थलिएका नेपाली र धमिलो खुसी
बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्छन् : विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ
हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास
एनपीएलको नयाँ उडान: नेपाली क्रिकेटले खोजेको व्यावसायिक भविष्य






