काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहारमा प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामग्रीको बिक्रीवितरणमा रोक लगाएको छ ।
महानगरपालिकाले आज सूचना जारी गरी प्लास्टिकजन्य फूल, माला तथा सजावटका सामग्री बिक्रीवितरण नगर्न व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई आग्रह गरेको छ । त्यस्ता सामग्री बिक्री गरेको पाइएमा जफत गरिने चेतावनी पनि महानगरले दिएको छ ।
नेपाली किसानले उत्पादन गरेका प्राकृतिक फूल तथा मालाको बिक्रीवितरणका लागि महानगरपालिकाले २६ स्थान तोकेको छ । ती स्थानमा बानेश्वर, शंखमूल, चाबहिल, तीनकुने, सिफल, बत्तीसपुतली, स्वयम्भू, कालीमाटी, कलंकी, नयाँ बजार, माछापोखरी, हाँडीगाउँ, सामाखुसी, महाराजगञ्ज, गोँगबु, चप्पल कारखाना, बालुवाटार, कमलादी, पुतलीसडक, अनामनगर, टेवहाल, सुन्धारा, न्यूरोड, लगन, जैसीदेवल र भृकुटीमण्डप रहेका छन् ।
महानगरपालिकाले तोकिएका स्थानमा नेपाली किसानले उत्पादन गरेका फूलमाला बिक्री गर्न व्यवसायीलाई आग्रह गरेको छ । बिक्री व्यवस्थापन तथा सहजीकरणका लागि महानगर प्रहरी बल परिचालन गरिने सूचनामा उल्लेख छ ।
सम्बन्धित समाचार
घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौं उपत्यका
विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजलाई एकै सूत्रमा बाँध्छ : प्रधानमन्त्री शाह
सभापति लामिछाने भारत जाँदै
यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान, आजदेखि नै पानी पर्ने
शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति
पृथ्वी राजमार्गसहित मुलुकका १२ भन्दा बढी सडक अवरुद्ध
आश्विन शुक्ल नवमी : महानवमी पर्व मनाइँदै
हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास






