काठमाडौं । अभिनेत्री रेखा थापा पछिल्लो समय फरक कथावस्तु र भूमिकासहित दर्शकमाझ आउने तयारीमा छिन्। उनी नेपाल प्रहरीको अधिकृतको भूमिकामा देखिँदैछिन्। यसैबीच, रेखा थापा र अभिनेत्री निरुता सिंहको अभिनय रहेको चलचित्र ‘३६ को आँकडा’को टिजर सार्वजनिक भएको छ।
प्रहरी पोशाकमा सार्वजनिक दृश्यमा देखिएकी रेखाको गम्भीर हाउभाउ, आत्मविश्वास र व्यक्तित्वले उनको भूमिकालाई प्रभावशाली बनाएको छ। न्यायको पक्षमा दृढतापूर्वक उभिने प्रहरी अधिकृतको चरित्रमा उनको प्रस्तुति सशक्त देखिन्छ। सार्वजनिक दृश्यले उनको फरक भूमिकाप्रति दर्शकमा चासो बढाएको छ।
उता, रेखा थापा र निरुता सिंहलाई एउटै पर्दामा देख्न पाइने चलचित्र ‘३६ को आँकडा’को टिजरले पनि दर्शकको ध्यान खिचेको छ। रेखा फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रले पारिवारिक सम्बन्धभित्रको मनमुटाव, असमझदारी र द्वन्द्वलाई कथाको केन्द्रमा राखेको छ।
चलचित्रमा रेखा र निरुतासँगै पुष्प खड्का, महेश त्रिपाठीलगायत कलाकारको अभिनय रहेको छ। फरक अभिनय शैली र आ–आफ्नै पहिचान बनाएका रेखा र निरुताको सहकार्यलाई चलचित्रको प्रमुख आकर्षणका रूपमा हेरिएको छ।
रेखा थापाका चलचित्रमा दर्शकले देख्दै आएको फरकपन यसपटक पारिवारिक कथामार्फत कस्तो रूपमा प्रस्तुत हुन्छ भन्ने चासो छ। निरुता सिंहको उपस्थितिले पनि चलचित्रप्रति थप आकर्षण बढाएको छ। रेखा फिल्मसको निर्माण रहेको ‘३६ को आँकडा’ आगामी मंसिर १७ गतेदेखि प्रदर्शनमा आउनेछ।
सम्बन्धित समाचार
विद्या बालन र सैफ अली खान १९ वर्षपछि पुनः सँगै आउँदै
दर्शकबाट ‘रामायण’ को अभूतपूर्व प्रतिक्रिया
अर्थमन्त्री वाग्लेमाथि खनिए अभिनेता राजेश हमाल, भारतको चाकडी गरेको आरोप
शाहरुख खानले सार्वजनिक गरे ‘किङ’ को नयाँ पोस्टर
‘मायालाई के दिऊँ म बैना’ले पार गर्यो ५ करोड भ्युज
‘गौँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड
प्रकृतिको काखमा कला उत्सव, रूखका हाँगामा मोहक चित्र
सञ्जय दत्त र सलमान खान सँगसँगै देखिने






