काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौँ गोर्खाजविरुद्धको खेलमा कर्णाली याक्सले १८० रन बनाएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको हो । कर्णालीले काठमाडौँ गोर्खाजलाई जितका लागि १८१ रनको लक्ष्य दिएको छ ।
कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए । उनले २२ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । हुसेन तलातले ३० बलमा ४० रन जोडे । पवन सर्राफले २४ बलमा अविजित ३० रन बनाए ।
त्यस्तै, गुलशन झाले १२ बलमा २०, मार्क वाटले २० बलमा १७, जिसान आलमले ५ बलमा ७ र दीपकप्रसाद डुम्रेले ६ बलमा ८ रन बनाए । कप्तान सोमपाल कामी २ बलमा १ रन बनाएर अविजित रहे ।
काठमाडौँका करण केसीले २ विकेट लिए । शहाब आलम, जहान्दाद खान र देव शाहले समान १ विकेट लिए । सन्तोष यादवले पनि १ विकेट हात पारे ।
तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)
सम्बन्धित समाचार
आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
आजदेखि एनपीएल, प्रधानमन्त्रीले दिए शुभकामना
रन र विकेटको रोमाञ्चबीच एक्स्ट्रिमले ल्यायो उत्कृष्ट खेलाडीलाई चाँदीको बल
एनपीएल ३ : आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने
एनपीएल–३ : आज दुई खेल हुँदै
जनकपुरको अर्को जित, पोखराको लगातार हार
नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?






