काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङका राहत शिक्षक सुरेन्द्रकुमार विश्वास थारुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
थारु मोरङको ग्रामथान गाउँपालिका-५ स्थित आदर्श निकेतन आधारभूत विद्यालयमा निम्न माध्यमिक तहको गणित विषयका राहत शिक्षक हुन् ।
आयोगका अनुसार उनले उक्त पदमा नियुक्ति पाउन भारतको बिहार स्कुल एक्जामिनेसन बोर्डबाट जारी भएको भनिएको आईएस्सी तहको नक्कली प्रमाणपत्र पेस गरेका थिए ।
उजुरीमाथि अनुसन्धान गर्दा थारुले सोही प्रमाणपत्रका आधारमा नियुक्ति लिएको पाइएको आयोगले जनाएको छ । आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय माग गर्दै शुक्रबार आरोप पत्र दायर गरेको हो ।
तपाइको प्रतिक्रिया
(Visited 8 times, 1 visits today)
सम्बन्धित समाचार
मोरङमा प्रहरीको गोली चल्यो, २ लागूऔषध कारोबारी घाइते
एउटाको ठेक्का अन्त्य, अर्को नयाँ ठेक्काको चरणमा
पीपीपी मोडलबाट विकास निर्माणलाई गति दिने कोशी सरकारको योजना
कांग्रेस (देउवा) समूह खोटाङमा रोजन राई सभापतिमा निर्विरोध निर्वाचित
सयपत्री र मखमलीको पर्वमा गोदावरीको सुगन्ध, फूलसँगै फुल्दै व्यावसायिक सपना
सङ्खुवासभा गोल्डकप: उपाधिका लागि सुनसरी र सङ्खुवासभा प्रतिस्पर्धा गर्दै
जिल्ला अस्पताल खोटाङलाई ५० शैयाको अस्पताल भवन हस्तान्तरण






