खोटाङ । नेपाली काँग्रेस (देउवा) पक्ष खोटाङको जिल्ला सभापतिमा रोजन राई निर्विरोध निर्वाचित भएका छन् । दिक्तेलबजारस्थित पुरानो पार्टी कार्यालयमा बुधबार सम्पन्न आठौँ जिल्ला अधिवेशनले राईलाई निर्विरोध निर्वाचित गरेको हो ।
अधिवेशनले उपसभापतिमा खिलाराज राई र केशव राई, सचिवमा अमृत गिरी र प्रदीप कार्की तथा सहसचिवमा अनिता राई र सुरेश कार्की चयन गरेको छ । विधानअनुसार ४६ सदस्यीय जिल्ला कार्यसमिति बन्नुपर्ने भए पनि पदाधिकारी बाहेकका सदस्यको नामावली सार्वजनिक गरिएको छैन । क्षेत्रीय कार्यसमितितर्फ क्षेत्र नं. १ (क) मा सभापति उद्धव राई, उपसभापति मकर राई, सचिव टीकाबहादुर भुजेल तथा सहसचिवमा सेकेन्द्र राई र राधा गिरी चयन भएका छन् ।
क्षेत्र नं. २ (ख) मा सभापति सुनिलचन्द्र राई, उपसभापति भीमबहादुर राई र निरेशकुमार राई तथा सचिव सङ्गम राई र विश्वदीप राई छन् । मङ्गलबार र बुधबार आयोजित जिल्ला तथा क्षेत्रीय अधिवेशनबाट कोशी प्रदेश महाधिवेशनका लागि दुवै क्षेत्रबाट ३२÷३२ जना प्रतिनिधि चयन भएको निर्वाचन मण्डलका संयोजक महाप्रसाद आचार्यले जानकारी दिए ।
सङ्घीय महाधिवेशनका लागि ३४ जना प्रतिनिधि सर्वसम्मत् निर्वाचित भएका छन्, जसमा केन्द्रीय सदस्य सरस्वती बजिमय, प्रदेश महामन्त्री भुपेन्द्र राई, हीरा गुरुङ र सरिता आङ्देम्बे लगायत छन् । अधिवेशनले भुपेन्द्र राईसहित १३ जना महासमिति सदस्य पनि चयन गरेको छ । केन्द्रमा काँग्रेस दुई धारमा विभाजित भएपछि खोटाङमा पनि त्यसको असर देखिएको छ ।
प्रदेश महामन्त्री भुपेन्द्र राई देउवा पक्षमा र जिल्ला सभापति विष्णुकुमार राई गगनकुमार थापा पक्षमा छन् । थापा पक्षले स्थानीय तह तथा क्षेत्रीय कार्यसमितिको मात्र अधिवेशन गरी राष्ट्रिय महाधिवेशनमा सहभागी भएको छ भने देउवा पक्षले दशवटै स्थानीय तहमा अधिवेशन गरेर जिल्ला तथा क्षेत्रीय अधिवेशन सम्पन्न गरेको हो ।
सम्बन्धित समाचार
झापावासीलाई हात्तीबाट जोगाउन सशस्त्र प्रहरीको जनचेतना अभियान, उच्च सतर्कता अपनाउन आग्रह
स्थानीय निर्वाचनको समय तालिकासँग मिलाएर काँग्रेसका प्रदेश र जिल्ला अधिवेशन गरिने
हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा
स्वास्थ्य र चिकित्सा शिक्षासम्बन्धी विगतका सहमति कार्यान्वयन गर्ने निर्णय
कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने, शपथ ग्रहण विगतभन्दा फरक हुने
इनम सापकोटासँग नाम जोडिएपछि प्रधानन्यायाधीश शर्माले खोले मुख
नेपाली सेनाले भन्योः सुरुङभित्र ३७ जनाको शव भेटिएको थियो
न्यायाधीशवारे प्रकाशित समाचारप्रति सर्वोच्चको ध्यानाकर्षण






