सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका –३ मानेभञ्याङमा सञ्चालन भइरहेको सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा सेकाहा सामुदायिक क्लब प्रवेश गरेको छ । बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा अर्को घरेलु टोली लोहरुङ क्लब पाङ्मालाई ३–१ गोल अन्तरले पराजित गर्दै सेकाहाले फाइनल यात्रा तय गरेको हो ।
खाँदबारी–३ स्थित महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा सेकाहाका विनोद राईले खेलको १३ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको चार मिनेटपछि नै १७ औँ मिनेटमा सविन राईले गोल थप्दै सेकाहाको अग्रता दोब्बर बनाए । दुई गोलले पछि परेको लोहरुङ क्लब पाङ्माले खेलमा फर्किने प्रयास गरे पनि ७७ औँ मिनेटमा मिलन राईले एक गोल फर्काए ।
तर, खेलको ८०औँ मिनेटमा विनोद राईले व्यक्तिगत दोस्रो गोल गर्दै सेकाहाको जित सुनिश्चित गरे । खेलको अन्तिम समयमा लोहरुङ क्लबका गोलरक्षक प्रमिज गच्छदारले फल गरेपछि रेफ्रीले उनलाई रातो कार्ड देखाउँदै मैदानबाट निष्कासन गरेका थिए । सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगिताको उपाधीका लागि शुक्रबार दिउँसो १ बजे हुनेछ ।
प्रतियोगिताको उपाधिका लागि शुक्रबार सुनसरीको न्यू स्टार क्लवले शक्रबार घरेलु टोली सेकाहा सामुदायिक विकास क्लव प्रतिस्पर्धा गर्नेछन् । सुनसरीको न्यू स्टार क्लबले पहिलो सेमिफाइनलमा काठमाडौँको प्लानिङ ब्वाइज युनाइटेडलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।
कात्तिक २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको प्रतियोगिता संयोजक जिल्लामान राईले बताउनुभयो । प्रतियोगिताको विजेता टोलीले नगद पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड र सर्वाधिक गोलकर्तालाई जनही सात हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।
प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरी पाँच हजार रुपैयाँ प्रदान गरिनेछ भने प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । एडभान्स क्लव मानेभञ्याङको आयोजनामा सङ्खुवासभा गोल्डकप फुलटबल प्रतियोगिता सोमबार देखि सुरु भएको हो ।
सम्बन्धित समाचार
एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने
पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपीएल खेल्ने
ह्यारी केनलाई ब्यालन डी’ओर
एनपिएलः सुदूरपश्चिम रोयल्सको जित
स्थापनाको ३०औँ वर्षमा आर्य फार्माल्याब एनपीएलको स्वास्थ्य साझेदारका रूपमा क्यानसँग तीनवर्षे सहकार्य
एनपीएलमा आज दुई खेल हुँदै, विराटनगरसँग जनकपुर र लुम्बिनीसँग पोखरा भिड्दै
सङ्खुवासभा गोल्डकपः लोहारुङ क्लव र सेकाहा सेमिफाइनलमा
सयपत्री र मखमलीको पर्वमा गोदावरीको सुगन्ध, फूलसँगै फुल्दै व्यावसायिक सपना






