काठमाडौँ । हुसैन तलातले अविजित ५१ रन बनाउनुका साथै तीन विकेट लिएपछि नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले हराएको छ । लिग चरणको अन्तिम खेल जिते पनि कर्णाली प्लेअफमा पुग्न सकेन । चितवनले यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ ।
त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १२९ रनमा समेटियो । चितवनका लागि उसामा मिरले अविजित २८ रन बनाए । कामिल मिश्राले २५, कुशल मल्लले १८ र देव खनालले १४ रन जोडे ।
कर्णालीका तलातले तीन विकेट लिँदा पवन सर्राफ र मार्क वाटले दुई–दुई तथा सोमपाल कामीले एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५३ रन बनाएको थियो । तलातले अविजित अर्धशतक बनाउँदा अरिफुल इस्लामले ३५, गुलशन झाले १८ र पवन सर्राफले १५ रन जोडे ।
चितवनका कमल सिंह ऐरी, सलाहुद्दीन खान र उसामा मिरले दुई-दुई विकेट लिए । सिकन्दर रजा र रिजन ढकालले एक-एक विकेट हात पारे ।
सम्बन्धित समाचार
जनकपुरको अर्को जित, पोखराको लगातार हार
एनपीएल ३ : आज काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्दै
पोखरालाई ८ विकेटले हराउँदै लुम्बिनी शीर्ष स्थानमा, अपराजित यात्रा कायमै
दशौं राष्ट्रिय खेलकुद : भव्य स्वागतको तयारीमा कर्णाली
सुर्खेतमा दसौँ राष्ट्रिय खेलकुदका २३ खेल हुने
सन्दीप लामिछानेको ह्याट्रिकसहित एकै खेलमा ६ विकेट
एनपीएल: लुम्बिनी प्लेअफमा पुग्ने पहिलो टोली
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो






