काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको पोशाक लगाएर सडक पेटीमा सुतिरहेको व्यक्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि संगठनले कारबाही प्रक्रिया अघि बढाएको छ ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पोशाक दुरुपयोग गर्ने व्यक्ति र भिडियो बनाएर सामाजिक सञ्जालमा प्रसारण गर्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् ।
विज्ञप्तिमा भिडियोमा देखिएका व्यक्तिले सशस्त्र प्रहरी बलको कम्ब्याट ड्रेसको पाइन्ट लगाएको र ती व्यक्तिलाई सशस्त्र प्रहरीका सुरक्षाकर्मीका रूपमा प्रस्तुत गर्दै सामाजिक सञ्जालमा विभिन्न भ्रामक सामग्री प्रसारण गरिएको उल्लेख छ ।
यस्ता गतिविधिले सर्वसाधारणमा भ्रम सिर्जना गर्न सक्ने भन्दै सशस्त्र प्रहरीले प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।
साथै, सो भिडियोलाई सशस्त्र प्रहरी बलसँग जोडेर नबुझ्न संगठनले सर्वसाधारण तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ ।
सशस्त्र प्रहरीले असम्बन्धित व्यक्तिलाई संगठनको पोशाक, दज्र्यानी चिह्न तथा पहिचान झल्किने सामग्री प्रयोग नगर्न पनि अनुरोध गरेको छ । विज्ञप्तिमा यस्ता गतिविधि’bout जानकारी भएमा टोल फ्री नम्बर १११४ मा खबर गर्नसमेत आग्रह गरिएको छ ।

सम्बन्धित समाचार
सशस्त्र प्रहरीद्वारा पाँच बंगलादेशी नागरिक पक्राउ
आईजीपी कार्की हटाइए, नयाँ आईजीपीमा डा. मनोज केसी नियुक्त
सुरक्षा अवस्था’bout सुरक्षा निकायका प्रमुखहरूसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ
भाइटीकामा करिब २५ सय यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवा
तिहारको साइत: कात्तिक २५ गते ११:०७ बजे भाइटीका उत्तम
गृहमन्त्रीबाट नवनियुक्त प्रहरी महानिरीक्षक केसीलाई दर्ज्यानी चिह्न प्रदान
सुनको भाउ एकै दिन १३ हजार ३०० रुपैयाँले बढ्यो, चाँदी पनि बढ्यो
लगानी सम्मेलनअघि ५९ वटा ऐन संशोधन गर्ने सरकारको तयारी





