देउडा खेलेर ‘जनयुद्ध’ दिवस मनाइयो

जुम्ला । २५ औँ जनयुद्ध दिवसको जिल्लामा देउडा मार्फत सम्झना गरिएको छ । दिवसको अवसरमा जिल्लाको कनकासुन्दरी गाउँपालिकामा बृहत देउडा खेलको आयोजना गरिएको हो । नेपाल कम्युनिष्ट पार्टी‐ नेकपा) को आयोजनामा गाउँपालिकामा बृहत आम सभा समेत समेत भएको थियो । सिञ्जा क्षेत्रमा सयौ नेता कार्यकर्ताहरुको सहभागितामा देउडा गीत मार्फत जनयुद्धको सम्झना गरिएको कर्णाली प्रदेश सदस्य पूर्ण प्रसाद धितालले बताए । उनका अनुसार जनयुद्धले ल्याएका परिवर्तन, उपलब्धी तथा बर्तमान समस्या र समाधानका विषयमा दुई समूह बीच सवाल जवाफ गरिएको थियो ।


महिला तथा पुरुषहरुको छुट्टाछुट्टै समूह समेत बनाइएको थियो ।‘युद्धको समयमा सांस्कृतिक पक्षको समेत ठूलो योगदान छ’ उनले भने,‘ देउडा मार्फत पनि जनतामा जागरण गरिन्थ्यो ।’ धिताल जिल्लामा कहलिएका देउडा गायक हुन् । यस्तै, जनयुद्धको समयमा सिञ्जा क्षेत्रबाट सहादत प्राप्त गरेका सहिदहरुको बलिदानीको चर्चा समेत देउडा मार्फत गरिएको युवा नेता उपेन्द्र प्रसाद न्यौपानेले बताए । यसैगरी, नेपाल कम्युनिष्ट पार्टी‐ नेकपा) जिल्ला समितिको आयोजनामा बृहत रक्तदान कार्यक्रम समेत सम्पन्न भएको छ ।

जनयुद्ध दिवसको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ता गरी २८ जनाले रक्तदान गरेका थिए । उक्त अवसरमा पूर्व कृषि तथा पशुपंक्षी राज्यमन्त्री गोमा कुँवर लगायातले रक्तदान गरेका थिए ।


नेकपा जिल्ला अध्यक्ष वीर बहादुर कुँवरले सहिद दिवसको अवसरमा बिरामीहरुको उपचारको लागि सहज होस भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । उनका अनुसार नेकपा जुम्लाले औपचारिक कार्यक्रमको आयोजना गरीे रक्तदान कार्यक्रममापनि सम्पन्न गरेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 274 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयरमा गठबन्धनका उम्मेदवारलाई १८ सय बढीको अग्रता