काठमाडौं । सर्वोच्च अदालतले आईजीपीमा पुनर्बहाली माग गर्दै दानबहादुर कार्कीले दायर गरेको रिटमा अन्तरिम आदेश दिएन । सर्वोच्चले सरकारको नाममा कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा झिकाएको छ।
सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले कार्कीलाई आईजीपीबाट हटाएको विषयमा बुधबार सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
कात्तिक १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले आईजीपी कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा सरुवा गर्दै आईजीपीमा मनोज केसीलाई नियुक्ति गरेको थियो । तर डेढ वर्ष कार्यकाल बाँकी रहेका कार्की पुनर्बहाली माग गर्दै सर्वोच्च अदालत पुगेका थिए । उनको रिटमा सर्वोच्चले बुधबार यस्तो आदेश जारी गरेको हो ।
तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)
सम्बन्धित समाचार
मन्त्रिपरिषद बैठक बस्दै, हिजो पनि बसेको थियो
दर्ता भएन दानबहादुर कार्कीको रिट
सरकारको ध्यान आनी र आईजीमा, बाढीपीडित अझै बेहालमा
घरमै सुतिरहेकी महिलामाथि हात्तीको आक्रमण, घटनास्थलमै मृत्यु
सार्वजनिक बिदाले दानबहादुर कार्कीको रिटको सुनुवाइ फेरि अन्योलमा
मधेशका मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत
मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान, मंसिर ४ गते दिउँसो ४ बजेसम्म समय
काठमाडौं महानगरको मेयरमा लड्ने पूर्वमन्त्री सुमना श्रेष्ठको घोषणा






