महेश श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट निवेदन दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले महेश श्रेष्ठको थुनासम्बन्धी बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरी इजलासमा पेस गर्न आदेश जारी गरेको छ ।

न्यायाधीश नृपध्वज निरौलाको इजलासले न्याय प्रशासनबाट नै निवेदन दरपीठ (दर्ता गर्न अस्वीकार गर्ने) आदेश बदर गरेको हो । यशोदा श्रेष्ठले आफ्ना पति महेशलाई सरकारले गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् ।

अदालत प्रशासनले सम्बन्धित मुद्दा हेर्ने अदालतबाट पक्राउको अनुमोदन भएको र म्याद समेत थप भएको भन्ने आधार देखाएर रिट निवेदन दरपीठ गरेको थियो । त्यही दरपीठविरुद्धको निवेदनमा न्यायाधीश निरौलाको इजलासले दरपीठ आदेश बदर गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 3 times, 1 visits today)

epaper

ताजा समाचार

काँग्रेसको आधिकारिकता आफ्नो पक्षले पाउनेमा देउवाको विश्वास