काठमाडौं । संस्कार एकेडेमीले नेपालमा पहिलो पटक लेचर एन्टेना र अउरा स्क्यानरसम्बन्धी प्रशिक्षण सञ्चालन गर्नुका साथै वास्तु विश्लेषणका लागि ‘संस्कार वास्तु’ सफ्टवेयर सार्वजनिक गरेको छ। एकेडेमीले काठमाडौंको बुढानीलकण्ठस्थित होटल लेमन ट्री प्रिमियरमा सञ्चालन गरेको तीनदिने आवासीय वास्तु गुरु कार्यकारी पाठ्यक्रम पूरा गर्ने ७१ जना सहभागीलाई प्रमाणपत्र प्रदान गरेको छ।
मंसिर ४ देखि ६ गतेसम्म सञ्चालन भएको उक्त पाठ्यक्रमअन्तर्गत मंसिर ४ गते सञ्चारकर्मीहरूको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरी ‘संस्कार वास्तु’ सफ्टवेयर सार्वजनिक गरिएको हो। वास्तुशास्त्रको अध्ययन, विश्लेषण र व्यावसायिक परामर्शलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले सफ्टवेयर विकास गरिएको एकेडेमीले जनाएको छ।
एकेडेमीका अनुसार उक्त सफ्टवेयरमा वास्तुशास्त्रका १६ दिशात्मक क्षेत्र, ३२ प्रवेशद्वार, ४५ वास्तु देवताका ऊर्जा क्षेत्र तथा मर्मस्थानको विश्लेषण गर्न सकिने सुविधा समावेश गरिएको छ। यसमार्फत दिशागत अवस्था र देवता ऊर्जाको मूल्याङ्कन गरी व्यावसायिक वास्तु प्रतिवेदनसमेत तयार गर्न सकिने बताइएको छ।
ब्राउजरमा आधारित भएकाले सफ्टवेयर प्रयोग गर्न छुट्टै एप्लिकेसन इन्स्टल गर्नुपर्ने आवश्यकता नरहेको एकेडेमीको भनाइ छ।
एकेडेमीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत एवं मुख्य प्रशिक्षक आचार्य राजबाबु शाहले वास्तु तथा अंकशास्त्रसम्बन्धी शिक्षा नेपालमै उपलब्ध गराउनुका साथै अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष परामर्शदाता उत्पादन गर्ने लक्ष्य रहेको बताए।
नेपाली वास्तु परामर्शदातालाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गराउने र नेपाली ज्ञान, सीप तथा क्षमतालाई विश्वस्तरमा चिनाउने उद्देश्यले प्रशिक्षण र प्रविधिका क्षेत्रमा काम भइरहेको उनले उल्लेख गरे।
तीनदिने आवासीय प्रशिक्षणमा आवासीय, व्यावसायिक तथा औद्योगिक भवनको वास्तु विश्लेषणसम्बन्धी सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिएको थियो। प्रशिक्षणका क्रममा लेचर एन्टेना र अउरा स्क्यानरको प्रयोगसम्बन्धी अभ्याससमेत गराइएको थियो।
पाठ्यक्रम सफलतापूर्वक सम्पन्न गर्ने ७१ जना सहभागीलाई प्रमाणपत्र वितरण गरिएको एकेडेमीले जनाएको छ।
कार्यक्रमले वास्तुशास्त्रसम्बन्धी परम्परागत ज्ञानलाई आधुनिक प्रविधि, व्यावहारिक अभ्यास र व्यावसायिक प्रशिक्षणसँग जोड्न सहयोग पुग्ने विश्वास एकेडेमीले व्यक्त गरेको छ।
संस्कार एकेडेमीले वास्तु तथा अंकशास्त्रसम्बन्धी अध्ययन, अनुसन्धान, प्रशिक्षण र व्यावसायिक परामर्शका कार्यक्रम सञ्चालन गर्दै आएको छ। सार्वजनिक गरिएको ‘संस्कार वास्तु’ सफ्टवेयरमार्फत वास्तु विश्लेषणलाई थप व्यवस्थित, सहज र व्यावसायिक बनाउने लक्ष्य राखिएको एकेडेमीले जनाएको छ।
पाठ्यक्रम पूरा गरी प्रमाणपत्र प्राप्त गर्ने सहभागीहरू
अम्बिका प्रसाद ओली, अच्युत प्रसाद वाग्ले, अमृत गिरी, आर्कि. राजु कुँवर, आर्कि. सुशील श्रेष्ठ, अरोज गोपाल, आशिष शाही, विनोद कुमार सिंह, वीरेन्द्र विक्रम मल्ल, दलबहादुर थापा, दीपक पौडेल, देवदत्त ओझा, धनबहादुर खुमाल डीबी, दिनेश अर्याल, दीपेन्द्र अधिकारी, दीपेश कर्माचार्य, डोलराज पाण्डे, डा. लक्ष्मीप्रसाद दवाडी, ज्योतिषाचार्य दुर्गामणि गौतम, इ. रत्नेश्वरलाल कर्ण, इ. निर्मलकुमार विश्वास चौधरी, इ. विक्रमबाबु केसी, इ. छविलाल ढकाल, इ. सरोज खड्का, गोपालप्रसाद घिमिरे, इन्द्रप्रसाद घिमिरे, जनक थापा, करुणा श्रेष्ठ, कृष्णप्रसाद पाण्डे, कृष्ण चौधरी, कृष्णप्रसाद पौडेल, महेन्द्रप्रसाद सिंह, महेशकुमार कार्की, प्रकाश दाहाल, नन्दकुमार महर्जन, नारायण सुवेदी, निलेशमान जोशी, निर्मला निरौला, नोदबप्रसाद आचार्य, पवन साह, प्रवेश रुपाखेती, प्रतिज्ञा राजवंशी, राजन के. महर्जन, राजु आचार्य, राजु सुनार, राज्यलक्ष्मी कर्माचार्य, रामकृष्ण खड्का, रमेशकुमार राई, रुकेश पोखरेल, सञ्जय अधिकारी, सन्तोष ढुंगेल, सन्तोषराज गौतम, सरिता घोरसाइने, शान्तबहादुर गुरुङ, शेखर श्रेष्ठ, शिवराज खनाल, शोभालक्ष्मी बज्राचार्य शाक्य, शुभास शाखा, श्यामकृष्ण श्रेष्ठ, श्यामराज कोइराला, सुमित्राकुमारी भुसाल, सुरेन्द्र महर्जन, सूर्य तामाङ, टीका भण्डारी, टीकाराम रोकाय, तोलकान्त भण्डारी, यज्ञनाथ गौतम, यमकुमारी नेपाल रिमाल, सुशील अमात्य, ज्योतिषाचार्य मीनबहादुर श्रेष्ठ र अधिवक्ता धीरेन्द्र सिंह।
सम्बन्धित समाचार
प्रहरी सहायक हबलदार गुरुङ मृत फेला
घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
भीमफेदी इभी दुर्घटना अपडेट: एकै परिवारका छसहित १४ जनाको मृत्यु
रोजगार संयोजक गिरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा
विवाह गर्ने उमेर १८ वर्ष कायम गर्न सुझाव
सहिदकी छोरीको जन्मदिनमा घरमै पुग्यो गोल्याण फाउण्डेशन
प्रेस स्वतन्त्रताको पक्षमा महासंघको आन्दोलन घोषणा
टोखामा आफैँलाई गोली प्रहार गरेका प्रहरी हवल्दारको मृत्यु






