वीरगन्ज । कर सचेतना र राजस्व प्रणालीमा सुधारको सन्देश प्रवाह गर्दै वीरगन्जमा सुरु भएको राष्ट्रिय कर दिवस, रक्तदान, निवन्ध प्रतिस्पर्धा, करदाता सम्मान लगायतका गविविधि गर्दै सकिएको छ । कर सप्ताहको समापनसँगै पारदर्शी कर प्रणालीमा योगदान पु¥याउने व्यवसायी, महिला उद्यमी तथा निबन्ध प्रतियोगितामा उत्कृष्ट विद्यार्थी, र कार्यालयको कार्यसम्पादन उत्कृष्ठ कार्य सम्पादन गर्ने कर्मचारी सम्मानसँगै सकिएको छ ।
आन्तरिक राजस्व कार्यालय वीरगन्ज, पर्साले आर्थिक नगरी वीरगन्जमा सुरु गरेको कर दिवसमा पारदर्शी र बढी कर तिर्ने ओम्नी हायरपर्चेज प्रा.लि.का संचालक सन्दिप महतो, ओम खाद्य उद्योगका छठुलाल प्रसाद, गुन्जेश्वरी फर्माका आनन्द चौधरीलाई करदातातर्फ सम्मान गरिएको छ । साथै महिला उद्यमशिलता विकास समितिका डा. लक्ष्मी थापालगायतलाई पर्सामा उद्यमशिल महिला उत्पादन र व्यवसायमा टेवा पु¥याएको भन्दै सम्मान गरेको हो ।
कर सप्ताहका अवसरमा कर प्रतिको नागरिक दायित्व, राज्यको जवाफदेहिता, राजस्वको पारदर्शी सदुपयोग र कर प्रणालीप्रति नागरिक विश्वास अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सप्ताहव्यापी रुपमा गरिएको आन्तरिक राजश्व कार्यालय वीरगन्ज पर्साका प्रमुख गजेन्द्र प्रसाद यादवले बताए । ‘कर न्याय र सुशासनको सुनिश्चितता, समृद्धिमा नागरिक सहभागिता’ भन्ने विषयमा १४ विद्यालयका २८ विद्यार्थीबीच प्रतिस्पर्धात्मक निबन्ध प्रतियोगितासमेत संचालन गरिएको छ । सो प्रतियोगितमा उत्कृष्ठ तीन जना विद्यार्थीलाई ५ हजार ३ हजार र २ हजार सहित सम्मान पनि गरिएको छ । त्यसैगरी कार्यालयका नायब सुब्बा प्रदिप केशरीलाई यो वर्षको उत्कृष्ठ कर्मचारी घोषित भएका छन् । उनलाई पनि कार्यक्रममा सम्मान गरिएको छ ।

मंसिर १ देखि कर सप्ताह मनाइयो
मंसिर १ गते प्रभातफेरी गरी कर सप्ताहका सुरु भएको थियो । एक हप्ते कार्यक्रममा आन्तरिक राजस्व कार्यालयले वृहत रक्तदानको पनि आयोजना गरेको छ । जसमा ४२ जना रक्तदाताहरुले रगत पनि दान गरेको आयोजक कार्यालयका कर अधिकृत उद्वव अधिकारीले बताए । स्थानीय उद्योगी, व्यवसायी, करदाता तथा सरोकारवालाहरुको सकृय सहभागितामा सबै कार्यक्रम गरिएको उनको भनाइ छ ।
कर संस्कृतिको विकासमा बक्ताको जोड
समापन कार्यक्रमका प्रमुख वक्ता पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले कर राज्यको आर्धिक आधारको श्रोत भएकोले सबै नागरिकले कर तिर्नुपर्ने कर्तव्य सुझाए । साथै राज्यले पनि कर लिने मात्र नगरी नागरिकमैत्री सेवा प्रवाहमा अब्बल हुन पर्ने उनको भनाइ छ । खासगरी अनौपचारिक आर्थिक कारोवारलाई औपचारिक कारोबारमा रुपान्तरण गर्नु नागरिकको पनि अहम भूमिका हुने उनको तर्क छ । कर प्रशासन पनि नागरिकमैत्री हुँदै आएको छ । अझ दुवैपक्षलाई एक अर्काको विश्वास जगाउन यस्ता कार्यक्रम आवश्यक पर्ने उनले बताए ।
वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले कर प्रणालीलाई सुलभ कर संस्कृतिको विकास गरी राजस्व चुहावट र अनौपचारिक अर्थतन्त्रको कारोबारलाई पारदर्शी कारोबारमा रुपान्तरण गर्नुपर्नेमा जोड दिए । हिजोकोभन्दा कर प्रशासन र भन्सार प्रशासन आमूल रुपान्तरण भइसकेकोले यसको सुधार मात्र नभई समग्रमा कर संस्कृतिको विकास गर्न पर्नेमा राज्य र नागरिक दुबैपक्ष इमान्दार हुन पर्ने उनको पनि सुझाव छ । राज्यले गर्ने शिक्षा, स्वास्थ्य, सुरक्षा तथा सार्वजनिक सेवामा प्रभावकारी काममा करबाट संकलित रकम नै खर्च हुनेहुँदा यो खर्च गर्ने रकम जम्मा गर्ने सवालमा नागरिकले पनि सकारात्मक व्यवहार गर्न पर्ने पनि वीरगन्ज भन्सार प्रशासक मैनालीको सुझाव छ ।

विगतकोभन्दा कर प्रशासन सुधारोन्मुखः नीजि क्षेत्रका नेता
उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका पूर्वअध्यक्ष गणेश लाठले कर प्रशासनमा प्रविधिको प्रयोग, प्रक्रियागत सुधार र दक्ष जनशक्तिका कारण विगतको तुलनामा सकारात्मक परिवर्तन आएको स्वीकारे । करदाता र राज्यबीच विश्वासको वातावरण अझ सुधार हुँदै जान पर्नेमा उनको जोड छ । त्यसैगरी वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष हरि गौतमले विगतको जस्तो उद्योगी व्यवसायीले दोहोरो खाता राख्न, विद्युत चोरी गर्न छोडेको स्वीकार गर्दै अब राज्यले उधारो कानून ल्याइदिए सबै कमजोरी सुधार हुने दावी गरे । वर्तमानको अण्डर विलिङ्गको समस्या पनि उधारो कानून आए पूर्णरुपले समाप्त हुने अध्यक्ष गौतमको तर्क छ ।
समापनका शुभकामनामाः सुधारको जोड
कार्यालयका कर अधिकृत उद्धव अधिकारीले सहजीकरण गरेको कार्यक्रममा कर प्रणालीको प्रभावकारिता वीरगन्जको औद्योगिक तथा व्यापारिक गतिविधिसँग प्रत्यक्ष जोडिएको करको सन्दर्भ अझ प्रभावकारी हुन पर्ने बक्ताहरुले जोड दिए । उद्योग, व्यापार, आयात–निर्यात तथा सेवा क्षेत्रका कारोबारलाई व्यवस्थित रूपमा करको दायरामा ल्याउन सके राजस्व परिचालनमा थप योगदान पुग्ने उनीहरुको सुझाव छ ।
चालु आर्थिक वर्षको कात्तिकसम्म २ अर्ब ७० करोड ३९ लाख ७२ हजार रुपैयाँ राजस्व संकलन गरिसकेको आन्तरिक राजश्व कार्यालय अन्तर्गत व्यक्तिगत र व्यवसायिक गरी कुल १ लाख ८० हजार ७ सय १९ करदाता रहेको पनि कार्यालयका प्रमुख गजेन्द्र प्रसाद यादवले बताए । जसमध्ये ६१ हजार १ सय ८८ व्यवसायी करदाता प्रत्यक्ष रूपमा आबद्ध रहेको पाइएको हो । व्यक्तिगत प्यानमा आबद्ध करदातासमेत जोड्दा कुल करदाता संख्या १ लाख ८० हजार ७ सय १९ रहेको कार्यालयको तथ्यांकमा नै उल्लेख गरिएको छ ।
कर तिर्ने नागरिकको दायित्वसँगै करदाताप्रति राज्यको जवाफदेहिता, राजस्वको पारदर्शी सदुपयोग र कर प्रणालीप्रति विश्वास अभिवृद्धि हुनेमा कर सप्ताहको समापनले थप सकारात्मक सन्देश दिएको वीरगन्जवासीको ठहर छ ।
सम्बन्धित समाचार
सुन तोलामै १२ हजार ६ सय रुपैयाँ घट्यो, कतिमा भइराखेको छ कारोबार ?
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
पर्यटन प्रवर्द्धन गर्न नेपाल भारतका सरोकारवालाको एकैमत
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर






