हङकङमा देउवा समूहको अधिवेशनमा आरजु सार्वजनिक

काठमाडौँ । पूर्वपरराष्ट्र मन्त्री डा. आरजु राणा देउवा लामो समयपछि राजनीतिक मार्फत् सार्वजनिक भएकी छन् । बुधबार हङकङमा आयोजित देउवा समूहको जनसम्पर्क समितिको अधिवेशनमा उनी सहभागी भएकी हुन् ।

नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवाकी पत्नी राणा जेन जेड आन्दोलनयता राजनीतिक कार्यक्रममा देखिएकी थिइनन् ।

निर्वाचनअघि भारत हुँदै सिंगापुर पुगेकी राणाभन्दा अगाडि नै देउवा गत फागुन १३ गते त्यहाँ पुगेका थिए । स्वास्थ्य उपचारका लागि सिंगापुर गएका देउवा दम्पती गत चैतमा हङकङ पुगेका थिए ।

देउवा गत साउन २८ गते स्वदेश फर्किए पनि राणा हङकङमै रहेकी थिइन् । देउवा समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारी गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

हङकङमा देउवा समूहको अधिवेशनमा आरजु सार्वजनिक