भारत भ्रमणबाट फर्किए प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारतको दुई दिने भ्रमण सकेर स्वदेश फिर्ता भएका छन । प्रधानमन्त्री बालेन केहीबेर अघि नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री शाहलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला लगायतले बिदाइ गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री शाह हिजो भारत भ्रमणमा गएका थिए । विभिन्न भेटघाट र सम्झौता, सहमति लगायतका कार्यतालिका सकेर प्रधानमन्त्री शाह स्वदेश फिर्ता भएका हुन ।

तपाइको प्रतिक्रिया
(Visited 96 times, 1 visits today)

epaper

ताजा समाचार

फूलको कूटनीतिमा नेपाल–चीन सम्बन्ध, धुलिखेलमा पियोनी बगैंचा