काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको छ ।
काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले निर्माणको शिलान्यास गरिन् । पुल चार करोड ७१ लाख ३४ हजार ७२७ रुपैयाँमा निर्माण गरिने छ । निर्माण आगामी कात्तिक ३० गतेसम्म सम्पन्न गर्ने लक्ष्य छ ।
पुलको दुवैतर्फ अस्पतालमा प्रयोग हुने शय्या सार्न मिल्नेगरी लिफ्ट जडान गरिनेछन् । अस्पतालका दुई भवनबीच महाबौद्धतर्फ जाने मूल सडक रहेकाले मेडिकल वार्डबाट शल्यक्रिया वार्डमा जान बिरामीले सडक पार गर्नुपर्ने हालको बाध्यता पुल र लिफ्ट सञ्चालनमा आएपछि अन्त्य हुनेछ ।
पुलका दुवैतर्फ अस्पताल परिसरभित्रै लिफ्ट र भ¥याङ पनि निर्माण गरिने महानगरपालिकाको सार्वजनिक निर्माण विभागका इञ्जिनियर प्रेमबहादुुर श्रेष्ठले जानकारी दिए ।
तपाइको प्रतिक्रिया
(Visited 2 times, 1 visits today)
सम्बन्धित समाचार
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस, ३० दिनभित्र पुरानै अवस्थामा फर्काइँदै
भारत, चीन र इजरायलका राजदूत नियुक्त, राष्ट्रपति समक्ष शपथ
प्रधानमन्त्री शाह भारत प्रस्थान
रेलमार्गले जोडिँदै राम–सीताको पवित्र सम्बन्धका दुई धाम
साँचो नेतृत्व भनेको समाजका सबैभन्दा विनम्र तथा कमजोर मानिसको निःस्वार्थ सेवा गर्नु हो : प्रधानमन्त्री शाह
लुम्बिनी विकास कोषमा प्रतिस्पर्धाको हुर्मत : विरोधीलाई पक्राउ गरेर आनीको पदभार
बालेन–मोदी उपहार कूटनीति : हिन्दुत्वको ‘शान्त सन्देश’






