पर्वतमा ५ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

पर्वत । जिल्ला अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरानो पोजेटिभ देखिएको हो । २ जना विशेषज्ञ डाक्टर १ जना नर्स १ जना ल्याव असिस्टेण्ड र १ जना सहयोगीमा कोरोना पुष्टि भएको हो ।

काठमाडौंको टेकु स्थित प्रयोशालामा गरिएको परिक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको डा. देवकोटाले जानकारी दिए । योसँगै पर्वत जिल्ला अस्पतालको ओपिड सेवा बन्द गरिएको छ कोरोना संक्रमण पुष्टि भएकाहरु जिल्लाका कोरोना संक्रमीतको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरु थिए ।

उपचारमा संग्लन्न डाक्टरहरु १ हप्ताको क्वारेन्टाइनपछि अस्पतालको सम्पर्कमा आएको बताइन्छ । उनीहरु नियमित काममा जुटिरहेको बेला कोरोना पुष्टि भएपछि जिल्ला अस्पतालका इमरजेन्सीबाहेकका सवै सेवा बन्द गरिएको छ । संक्रमित स्वास्थ्यकर्मीलाई कहाँ राखेर उपचार गर्ने भन्ने विषयमा छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 358 times, 1 visits today)

epaper

ताजा समाचार

प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ उजुरी, उजुरीकर्तासँग भोलिदेखि छलफल