काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन–चाँदीको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४८ हजार १०० रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य गत शुक्रबारको भन्दा दुई हजार रूपैयाँ बढी हो । शुक्रबार सुन प्रतितोला दुई लाख ४६ हजार १०० रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, शुक्रबार प्रतितोला तीन हजार १९५ रूपैयाँमा कारोबार भएको चाँदी आज आइतबार तीन हजार २१५ रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य शुक्रबारको तुलनामा प्रतितोला २० रूपैयाँ बढी हो ।
यस्तै, सुन बिहीबार २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार सुन तोलाको २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार सुन तोलाको दुई लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, सोमबार सुन तोलाको दुई लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । गत आइतबार भने सुन तोलाको २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदी बिहीबार ३ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदी ३ हजार ४० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदी तोलाको तीन हजार १४५ रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदी तोलाको तीन हजार ११० रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदी तोलाको ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।
सम्बन्धित समाचार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुनचाँदीको मूल्यमा गिरावट जारी, सुन तोलाको तीन हजार ३०० रूपैयाँले घट्यो
पर्यटन प्रवर्द्धन गर्न नेपाल भारतका सरोकारवालाको एकैमत
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सकियो ‘कर सप्ताह’






