काठमाडौँका स्पा तथा मसाज सेन्टरमा प्रहरीको छापा, १३ महिला र एक पुरुष नियन्त्रणमा

काठमाडौँ । व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गैरकानुनी गतिविधि गरेको आरोपमा प्रहरीले काठमाडौँका विभिन्न स्पा तथा मसाज सेन्टरबाट १४ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार स्पा तथा मसाज सेन्टरमा गैरकानुनी गतिविधि सञ्चालन भइरहेको सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरी जाँच गरिएको थियो । सोही क्रममा १३ नेपाली महिला र एक बांङ्लादेशी पुरुषलाई नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 3 times, 1 visits today)

epaper

ताजा समाचार

जलवायु न्याय र उत्थानशील सहर निर्माणका लागि ‘काठमाडौं जलवायु घोषणा’ जारी