बागलुङमा पहिरोले घर पुर्दा महिलाको मृत्यु

सांकेतिक तस्वीर

गलकोट । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–४ तङ्ग्राम फापरखेतमा अविरल वर्षासँगै आएको पहिरोले पुरिएर आज एक महिलाको मृत्यु भएको छ । फापरखेतको थोत्नेरीमा वर्षासँगै आएको पहिरोले ३८ वर्षीया विमला पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा घरधनी टीका पुनसहित अरू परिवारका सदस्यले ज्यान जोगाए पनि श्रीमती विमला पुन बेपत्ता भएकी थिइन् । बेपत्ता पुनको प्रहरी र नेपाली सेनाले खोजी गर्दा मृतावस्थामा आज दिउँसो मात्रै फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 237 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड