तार्केश्वरको गुप्तेश्वर मन्दिरमा आजदेखि महायज्ञ

काठमाडौं । काठमाडौंस्थित तार्केश्वर नगरपालिका–४, ५ र ६ को संगमस्थलमा रहेको गुप्तेश्वर महादेवको प्रांगणमा आज (शुक्रबार) देखि सप्ताहव्यापी धार्मिक महायज्ञ सुरु हुने भएको छ ।

‘तार्केश्वर गुप्तेश्वर संगमस्थल धार्मिक सप्ताह शिवरात्रि महोत्सव २०७६’ मूल समारोह समितिको आयोजनामा हुने सो महायज्ञको उद्घाटन शुक्रबार बिहान ९ः३० बजे हुने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार उद्घाटन अवसरमा झन्डै चार सय जनाको सहभागितामा बृहत् कलशयात्रा र शोभा यात्राको आयोजना गरिनेछ । महायज्ञको उद्घाटन सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले गर्नेछन् । महायज्ञको सम्पूर्ण तयारी पूरा भएको र तार्केश्वर तथा काठमाडौंवासीलाई महायज्ञमा सहभागी भइदिन आग्रह गरेको मूल समारोह समितका संयोजक समाजसेवी इच्छाराम कार्कीले जानकारी दिए ।

महायज्ञको अवसरमा विराट धनधान्य महापर्व, पितृमुक्तिको पूजा, राष्ट्रिय कलाकारबाट संगीतमय भजन, श्रीमद्भागत कथा प्रवचन एवं योग आयुर्वेद प्रवचन, मौदान, रुद्री पाठ, कलशयात्रा, तुलादान, चौरासी पूजा, लाखबत्ती प्रज्वलन, महालक्ष्मीको पूजा, योग विज्ञान शिविरलगायत महत्वपूर्ण कार्यक्रम सम्पन्न हुने समितिका संयोजक कार्कीले बताए ।

महायज्ञमा प्रत्येक दिन बिहान ५ देखि ७ बजेसम्म योग विज्ञान शिविर, ७ देखि ८ बजेसम्म पूजा, ८ देखि पाठ परायण, १० देखि ४ बजेसम्म कथा प्रवचन, झाँकी प्रदर्शन, तथा प्रत्येक दिन साँझ ७ देखि १० बजेसम्म भजनकीर्तन र कथाप्रवचनको आयोजना गरिने जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 363 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

वडाध्यक्षलाई कोठाभित्र थुनेर घरमा लगाइयो आगो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरमा एक 'नो भोट'