Saturday, December 5, 2020
Home Editor-Picks कोरोना संक्रमणको चौथो चरणमा नेपाल

कोरोना संक्रमणको चौथो चरणमा नेपाल

विपद् संकटग्रस्त क्षेत्र घोषणा हुन सक्ने

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या १० हजार नाघेसँगै नेपाल संक्रमणको चौथो चरणमा प्रवेश गरेको छ । स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजनाअनुसार सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ लागु गर्ने योजना बनाएको थियो ।

ऐनको दफा ३२ को उपदफा १ मा नेपालको कुनै ठाउँमा गम्भीर प्रकृतिको विपद् उत्पन्न भएकाले विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न आवश्यक देखिएमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी त्यस्तो क्षेत्रको सिमाना र अवधि तोकी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने उल्लेख छ ।

यस्तै, स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजनामा कोभिड– १९ संक्रमित भएका र अन्य स्वास्थ्य सेवाको परामर्शका लागि टेलिमेडिसिन सेवा प्रयोगमा ल्याइने उल्लेख छ ।

– दैनिक ६,७०० जनाले क्वारेन्टिन छाड्दै
– न पिसिआर परीक्षण न सुरक्षाको प्रत्याभूति
– १५० दिनमा १० हजार संक्रमित नाघे
– एक सय जनामा २२ निको हुँदै
–मंगलबार दुई सातायताकै कम परीक्षण

नेपालमा कोरोना भाइरस संक्रमण फैलिएको १ सय ५० दिनको अवधिमा १० हजार ९९ जनालाई कोरोना पोजेटिभ देखिएको छ । संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो एक सातामा थप ३ हजार ५ सय आठ जनालाई संक्रमण देखिएको छ ।

तर, अस्तव्यस्त क्वारेन्टिन, खुकुलो लकडाउन, पिसिआर परीक्षणको दायरा फराकिलो बन्न नसक्नुलगायतका कारण जोखिम झन् बढेको विज्ञको दाबी छ । कुल संक्रमितमध्ये २४ जनाको ज्यान गएको छ । नेपालमा पहिलोपटक १० माघमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना भाइरस संक्रमणको स्रोत बन्दै गएका क्वारेन्टिनबाट दैनिक ६ हजार ७ सय बाहिरिने गरेका छन् । पछिल्लो एक सातामा क्वारेन्टिनबाट ६ हजार सात सय ४२ जना बाहिरिएका छन् ।

क्वारेन्टिनबाट बाहिरिनेको संख्या
बार                   बाहिरिएको
बुधबार               ७२११
बिहीबार             ९५८३
शुक्रबार             ६७५४
शनिबार             ७२१६
आइतबार          ७३१७
सोमबार            ४१९८
मंगलबार          ४९१७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म ८५ हजार ८ सय १३ जना क्वारेन्टिनमा बसेका छन् । मंगलबार मात्रै ४ हजार ९ सय १७ जना क्वारेन्टिनबाट निस्किएका छन् । गत बुधबार ७ हजार २ सय ११, बिहीबार ९ हजार ५ सय ८३, शुक्रबार ६ हजार ७ सय ५४, शनिबार ७ हजार २ सय १६ जना क्वारेन्टिनबाट निस्किएका छन् ।

यो पनि पढ्नुहोस   छाेरीले घरकाे काम गर्नै पर्ने, छाेराले खेलेरै खान पाउने

यस्तै, गत आइतबार ७ हजार ३ सय १७ र सोमबार ४ हजार १ सय ९८ जनाले क्वारेन्टिन छोडेका छन् । नेसनल टेस्टिङ गाइडलाइन फर कोभिड–१९ जारी गर्दै स्वास्थ्य मन्त्रालयले क्वारेन्टिनमा रहेकाहरूलाई पिसिआर परीक्षणबाट बन्देज गरिएको छ । गाइडलाइनमा क्वारेन्टिनमा रहेका व्यक्तिको १४ दिनपछि आरडिटी परीक्षण गरिने उल्लेख छ ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । मंगलबार थप ५ सय ३८ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १० हजार ९९ पुगेको हो । यस्तै, हालसम्म संक्रमितमध्ये २ हजार २ सय २४ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ७६ जिल्लामा संक्रमण देखिएको छ ।

हालसम्म आरटी–पिसिआर प्रविधिबाट १ लाख ८६ हजार ३ सय ६६ जनाको कोरोना परीक्षण भएको छ । मंगलबार ४ हजार ९ सय ९५ जनाको मात्रै कोरोना परीक्षण गरिएको छ । पछिल्लो दुई सातायता सबैभन्दा कम मात्रामा कोरोना परीक्षण मंगलबार भएको देखिन्छ । संक्रमितमध्ये अधिकांशमा लक्षण देखिएको छैन ।

(Visited 1,261 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

लहान । कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको...

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली...

जाडो छल्न भेडाका बथान बेँसीमा

ताप्लेजुङ । सिरिजङ्घा गाउँपालिका–७ खेवाङका भक्तबहादुर सार्की भेँडीगोठसहित गाउँबाट बेँसीमा झरेका छन् । बर्खाभर उच्च हिमाली क्षेत्रमा गोठ राखेका भक्तबहादुर जाडो बढेसँगै बेँसीमा झरेका...

सीमा विवाद सुल्झाउन भारत सकारात्मक

काठमाडौं । नेपालसँगको सीमा विवाद समाधान गर्न भारत सरकार सकारात्मक देखिएको सरकारले स्पष्ट पारेको छ । सीमा विवादका कारण केही समयदेखि नेपाल र भारतबीचको सम्बन्ध...

अमेरिकीलाई कोरोना भाइरसविरुद्धको खोप लिनका लागि बाध्य पारिने छैन : जो बाइडेन

एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले अमेरिकीहरुलाई कोरोना भाइरसविरुद्धको खोप लिनका लागि जबरजस्ती बाध्य नपारिने बताएका छन् । खोप उपलब्ध भएपछि सबैलाई व्यक्तिगत इच्छाका...

साताका लोकप्रिय समाचार

सिन्धुपाल्चोकका चार स्थानीय तहमा अस्पताल शिलान्यास

सिन्धुपाल्चोकका १२ स्थानीय तह मध्ये चार स्थानीय तहले सोमबार एकै साथ अस्पतालको शिलन्यास गरेका छन् । कतिपय स्थानीय तहमा केही पछि अस्पतालको शिलन्यास गर्ने...

जन्ती चढेको गाडी दुर्घटना, बेहुलाबेहुलीसहित १३ घाइते

धनगढी । डडेल्धुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा जन्ती सवार रहेको गाडी गए राति दुर्घटना हुँदा बेहुलाबेहुलीसहित १३ जना घाइते भएका छन्...

बेथितिको विकासले ‘जलचर संकटमा’

दैलेख । संघीय राज्यपछि स्थानीय सरकारसँगै जथाभाबी खनिएका सडकले नागरिकलाई सुविस्ताभन्दा सास्ती खेप्नुपरेको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएका सडकले वातावरणीय सन्तुलन बिग्रनुका...

घाँस काट्न गएकी बालिकामाथी यौन दुर्व्यवहार

काठमाडौं । ८ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा कञ्चनरुप नगरपालिका–११ बस्ने २४ वर्षीय दिपक गाईनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । घाँस काटन...

कोरोना भाइरस बिरुद्धको खोप प्रयोग गर्न अनुमति

लण्डन । फाइजर बायोएनटेक खोपलाई बृहत् रूपमा प्रयोग गर्न अनुमति दिइने भएको छ । ब्रिटिश नियामक संस्था एमएचआरएका अनुसार ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गर्ने सो...

ट्रेन्डिङ

शौच गर्न घरबाट निस्किएकी किशोरी बलात्कृत

धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा एक किशोरीमाथि बलात्कार भएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरले दिएको जानकारी अनुसार सोमबार राति क्षीरेश्वरनाथ नगरपालिका–३ मङ्गलपुर बस्ने...

इलाममा चिया परीक्षण तथा प्रबद्र्धन केन्द्रको शिलन्यास

इलाम । इलामको सूर्योदय नगरपालिकाको कन्याममा चिया परिक्षण तथा प्रबद्र्धन केन्द्र निर्माणको लागि शिलान्यास भएको छ । सूर्योदय नगरपालिकाको योजना अनुसार एक नम्बर प्रदेश...

कोरोना भाइरसले थला परेको खेलकुद

गतिशील हुनुपर्ने खेलकुद क्षेत्र कोरोना भाइरसको महामारीले अहिले नरम्रोसँग प्रभावित भएको छ । खेलकुदलाई उद्योगका रूपमा विकास गरिसकेका देशलाई कोरोना भाइरसको महामारीले...

शाहरूख खान फिल्ममा फर्कंदै

मुम्बई । बलिउड अभिनेता शाहरूख खान डेढ वर्षपछि फिल्ममा फर्कने भएका छन् । गत वर्ष आफ्नो फिल्म ‘जिरो’ व्यावसायिक रूपमा पूर्ण असफल भएपछि उनले...

कोरोना संक्रमित क्षेत्रमा मुख्यमन्त्री राई

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केको कोरोना प्रभाबित क्षेत्रको मुख्यमन्त्री शेरधन राईले सनिवार अनुगमन गरेको छ । मुख्यमन्त्री राईले आफ्ना दुई...

तेस्रो स्थानका लागि चेल्सीको पक्कड बलियो

लन्डन । इग्लिस प्रिमियर लिगको अंक तालिकामा तेस्रो स्थानका लागि चेल्सीको पक्कड बलियो बनेको छ । गएराति सम्पन्न खेलमा चेल्सीले रेलिगेसनमा धकेलिएको नरिच सिटीलाई...

देखिँदा नपत्याउँदो, काममा गतिलो

काठमाडौं । सय दिनअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रीका रुपमा नेकपा नेता वसन्त नेम्वाङले इन्ट्री गर्दा धेरैले भरोसा गरेनन् । पूर्वाधार निर्माणमा...

करिनाले भनिन्, ‘नातावादमा टिकेको हैन’

मुम्बई । आफ्नो परिवारबाटै फिल्मी क्षेत्रमा आएका बलिउड कलाकारहरूले यतिबेला एकपछि अर्को गर्दै नातावादको आरोप खेप्नुपरेको छ । यसैक्रममा बलिउड अभिनेत्री करिना कपुरले फिल्म...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बेथितिको विकासले ‘जलचर संकटमा’

दैलेख । संघीय राज्यपछि स्थानीय सरकारसँगै जथाभाबी खनिएका सडकले नागरिकलाई सुविस्ताभन्दा सास्ती खेप्नुपरेको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएका सडकले वातावरणीय सन्तुलन बिग्रनुका...

कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

लहान । कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको...

राष्ट्रिय गौरवका आयोजनाप्रति प्रधानमन्त्रीको गम्भीर चासो

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाको काम प्रभावकारी रूपमा सम्पन्न हुन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले काममा तीव्रता ल्याउन आफ्ना प्रतिनिधिमार्फत देशव्यापी अनुगमन थालेका छन् ।...

हुम्लामा बिरामी बाेकेकाे जिप दुर्घटना, चारको मृत्यु सात घाइते

हुम्ला ।  हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु...

भर्खरै

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली...

‘नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड’

स्याङ्जा । स्याङ्जाका उद्योगी व्यवसायीले नेपालको एक मात्र नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड भएको बताएका छन् । नीजि क्षेत्रको समस्यामा सरकारले देखाएको उदासिनता प्रतिको...

बीरगञ्जमा नक्कली जग्गा प्रकरण : अग्रवाल पक्राउ

वीरगन्ज । नम्बरी जग्गाको नक्कली कागजात बनाएर ५० करोड मूल्य बराबरको जग्गा रजिष्ट्रेशन गराएको प्रकरणमा वीरगन्जका गिरधारीलाल अग्रवाल पक्राउ परेका छन् । उनलाई पर्सा...

बेथितिको विकासले ‘जलचर संकटमा’

दैलेख । संघीय राज्यपछि स्थानीय सरकारसँगै जथाभाबी खनिएका सडकले नागरिकलाई सुविस्ताभन्दा सास्ती खेप्नुपरेको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएका सडकले वातावरणीय सन्तुलन बिग्रनुका...

धेरै पढिएका

क्रिकेटर सन्दीप अस्पताल भर्ना

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई हेम्स अस्पताल भर्ना गरिएको हो...

ओलीको प्रतिवेदन निकास दिने खालको भएन : प्रभु साह

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले केन्द्रिय अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयमा पेश गरेको...

आर्सनललाई सफलता

लन्डन । युरोपा लिगको अघिल्लो चरणमा स्थान बनाइसकेको लन्डन क्लब आर्सनलले समूह चरणमा शतप्रतिशत जित आत्मसात गर्दा अस्ट्रियन क्लब रापिड वेनलाई ४–१ ले हराएको...

श्री एयरलाइन्सको ढोका नखुल्दा ७० यात्रु भित्रै थुनिएपछि…

धनगढी । काठमाडौँबाट धनगढी आएको श्री एयरलाइन्सको ढोका नखुल्दा यात्रु भित्रै थुनिएका छन् । आज बिहीबार बिहान ९ बजे २३ मिनेटमा धनगढी विमानस्थलमा अवतरण जहाजको...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   सीमा विवाद सुल्झाउन भारत सकारात्मक

रामचन्द्र पौडेललाई गिरफ्तारी गरेकाेमा देउवाकाे आपत्ति

(Visited 90 times, 1 visits today)