Saturday, July 11, 2020
Home बिचार कृषि अर्थतन्त्र र असार

कृषि अर्थतन्त्र र असार

कृषि नेपाली अर्थतन्त्रको प्रमुख क्षेत्र हो । कृषिले रोजगारीका क्षेत्रमा अवसर उपलव्ध गराउँदै अर्थतन्त्रमा उल्लेख्य योगदान प-याइरहेको छ । त्यसैले, कृषि क्षेत्रको विकास राष्ट्रिय अर्थतन्त्रको विकासका लागि सहयोगी हुने कुरामा दुईमत हुन सक्दैन । कृषि क्षेत्रको यही महवलाई दृष्टिगत गर्दै यस क्षेत्रलाई राज्यले प्राथमिकता पनि प्रदान गर्दै आएको छ । तर, नेपालको अर्थतन्त्रमा कृषिको योगदान निरन्तर घट्दो छ । हाल कृषिमा आश्रित जनसंख्या दुई तिहाइभन्दा कममा सीमित भएको र अर्थतन्त्रमा यस क्षेत्रको योगदान एक तिहाइभन्दा कम भइसकेको छ ।

तथ्यांकतर्फ जाँदा आर्थिक वर्ष २०६७-६८ मा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३७.१ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७६-७७ मा यस्तो योगदान २७.७ प्रतिशत रहने अनुमान छ । पछिल्लो दशकमा नेपालको कृषि क्षेत्रको उत्पादन औसत ३.२ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७५-७६ मा कृषि क्षेत्रको उत्पादन ५.१ प्रतिशतले वृद्धि भएकोमा आर्थिक वर्ष २०७६÷७७ मा यस क्षेत्रको वृद्धि २.६ प्रतिशत रहने अनुमान छ । आर्थिक वर्ष २०७५-७६ को आर्थिक वृद्धिमा यस क्षेत्रको योगदान २१.२ प्रतिशत रहेकोमा चालू आर्थिक वर्षमा यस्तो योगदान ३२.७ प्रतिशत रहेको अनुमान छ । कृषिमा प्रविधिको प्रयोग र व्यावसायिकता बढ्दै जानु तथा सेवा क्षेत्रको विस्तारजस्ता कारणले कृषि क्षेत्रमा जनसंख्याको आबद्धता क्रमिक रूपमा घट्दै गइरहेको सरकारी दाबी छ । स्मरणीय छ, सन् २००८ को नेपाल श्रमशक्ति सर्वेक्षणअनुसार कृषि क्षेत्रमा आबद्ध जनसंख्या ७३.९ प्रतिशत रहेकोमा सन २०१८ मा यस्तो जनसख्ंया ६०.४ प्रतिशत रहेको छ ।

नेपालमा विभिन्न किसिमका तरकारी र फलफूलका साथै दलहन, तेलहन र खाद्यान्न बालीको उत्पादन हुन्छ । तीमध्ये धान हाम्रो र विश्वकै प्रमुख खाद्यान्न बाली हो । धान कहिलेदेखि उत्पादन हुन थाल्यो भन्ने यकिन नभए पनि यो पुराना बालीमध्ये एक हो । एसिया महादेश धानबालीको प्रमुख उत्पादन क्षेत्र हो । धानको खपत पनि एसियामै बढी हुन्छ । विश्वकै सर्वाधिक जनसंख्या भएका तथा क्षेत्रफलका दृष्टिले समेत विशाल हाम्रा छिमेकी मुलुक भारत र चीन यसका प्रमुख उत्पादक हुन् । चामल विश्वको ६५ प्रतिशतभन्दा बढी मानिसको मुख्य खाद्यान्न हो ।

धान धेरै पानी चाहिने बाली हो । जलस्रोतको धनी भएकाले नेपाल धानखेतीका लागि उपयुक्त थलो मानिन्छ । विविधतायुक्त जलवायुमा विभिन्न जातका धान खेती हुन सक्ने भएकाले हावापानीको दृष्टिले पनि नेपाल धान खेतीका लागि उपयुक्त मानिन्छ । तर, कृषि योग्य भूमिको एक चौथाइमा पनि सिँचाइको भरपर्दो व्यवस्था नभएकाले हामीकहाँ मनसुनको आगमन तथा प्रभावलाई हेरेर पहाडमा जेठको अन्त्यदेखि असारको अन्त्यसम्म र तराईमा असार–साउन महिनामा धानबाली लगाइन्छ । सिँचाइ उपलव्ध भएका ठाउँहरूमा चैते धानको खेती गर्ने चलन पनि छ । हाल अभ्यासमा नभए पनि विज्ञहरू जाडो याममा पनि केही स्थानमा धान खेती गर्न सकिने बताउँछन् ।

२०६१ सालदेखि धान दिवस मनाउन थालिए पनि यो औपचारिकता सीमित रहेको कृषकको गुनासो छ

नेपालमा समुद्री सतहबाट ६० देखि ३ हजार मिटरसम्मको उचाइमा धानखेती राम्रो हुन्छ । उत्पादनका दृष्टिले तराई–मधेस नै प्रमुख भए पनि यहाँका उच्च पहाडीदेखि तराईसम्मका भूमिमा धानको खेती हुन्छ । उच्च हिमाली भेगका मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा धान खेती हुन्छ । यीमध्ये होचो स्थान झापामा पर्दछ भने धान खेती हुने सबैभन्दा अग्लो स्थान जुम्लामा पर्दछ । जुम्लाको सिंजा उपत्यका, जुन हाम्रो भाषा, संस्कृति र परम्पराको समेत मुहान हो, स्थानीय मार्सी धानका लागि प्रसिद्ध छ । तर, उत्पादनका दृष्टिले ६० देखि ५ सय मिटरसम्मको उचाइमा अत्यधिक उत्पादन हुन्छ । झापा सबैभन्दा बढी धान उत्पादन हुने जिल्ला हो । झापापछि धेरै धान उत्पादन हुने जिल्लामा मोरङ, सुनसरी, बारा, पर्सा, चितवन, दाङ, बाँके, बर्दिया, कैलाली आदि पर्दछन् ।

नेपालको धान खेती हुने कुल क्षेत्रफल १५ लाख हेक्टर हो । सोमध्ये करिब २५ प्रतिशतमा मात्र बाह्रै महिना सिँचाइ सुविधा उपलव्ध छ । धानबालीको अर्थतन्त्रमा ठूलो योगदान रहेकोले धानको उत्पादन घट्दा कुल गार्हस्थ्य उत्पादन पनि प्रभावित हुन्छ । धान उत्पादन हुनेमध्ये झन्डै ७० प्रतिशत भूमि तराईमा पर्छ । अकासे पानीमा भर पर्नुपर्दा उत्पादन प्रभावित हुनु स्वाभाविक हुन्छ । नेपालमा वार्षिक ६९ लाख टन धानको माग छ । चामलको हकमा ४६ लाख ९२ हजार टनको आवश्यक पर्छ । उत्पादन हुने धानको हिसाब गर्दा बर्सेनि ५ देखि ६ लाख टन चामल नपुग हुन्छ र त्यो सबै नै भारतबाट आयात हुने गरेको बताइन्छ । स्मरणीय छ, मुलुकको कुल गार्हस्थ्य उत्पादनमा धानको योगदान ४ प्रतिशतभन्दा बढी छ ।

धान उत्पादन र चामल आयातको स्थितितर्फ दृष्टिगत गर्दा पछिल्लो समय दुवैमा वृद्धि भइरहेको छ । आव २०७२-७३ मा ४२ लाख ९९ हजार मेट्रिक टन उत्पादन हुँदा २२ अर्ब ८० करोड रुपैयाँ बराबरको चामल आयात भएको थियो भने आव २०७३-७४ मा ५२ लाख ३० हजार मेट्रिक टन उत्पादन हुँदा चामल आयात घटेर २० अर्ब २६ करोड रुपैयाँ बराबर भयो भने २०७४÷७५ मा ५१ लाख ५२ हजार मेट्रिक टन उत्पादन हुँदा पुनः आयात बढेर २४ अर्ब ४९ करोड रुपैयाँ बराबर पुग्यो । धानबालीको क्षेत्रफलमा आर्थिक वर्ष २०७५-७६ को तुलनामा २०७६-७७ मा २.२ प्रतिशतले ह्रास आएको थियो । मौसम प्रतिकूल भएको कारण रोपाइँ हुन नसक्दा जमिन बाँझो रहेकाले धान खेतीको क्षेत्रफलमा ह्रास आएको हो । धानबालीको उत्पादन अघिल्लो आर्थिक वर्षमा ८.९ प्रतिशतले बढेकोमा चालू आर्थिक वर्षमा १.१ प्रतिशतले घटेको तथ्यांक छ ।

विज्ञका अनुसार हामीकहा धानको पर्याप्त सम्भावना हुदाहुदै पनि अहिले क्षमताको आधा मात्र उत्पादन भइरहेको छ । समयमा सुलभ एवं सहज रूपमा गुणस्तरीय मल, बीउ उपलव्ध नहु“दा कृषक राम्रो उत्पादन लिन असमर्थ भएका र उब्जनीसमेत कम हुने गरेको हो । जमिनको खण्डीकरण हुनेक्रम बढेको छ । यसले पनि धानको उत्पादन प्रभावित भइरहेको छ । एकातिर खेती हुने जमिन घट्नु र अर्कोतिर युवा जनशक्तिको विदेश पलायनका कारण खेतीयोग्य जमिन बाँझो रहँदा अन्य बालीजस्तै धानको उत्पादन पनि प्रभावित भएको छ । अपर्याप्त सिँचाइ र अनियमित वर्षा आदिका कारण धान उत्पादन प्रभावित भइरहेको पक्ष त छ“दै छ, सहरीकरणको क्रममा धान खेतीयोग्य उर्वर भूमिको विनाश हुँदा पनि हाम्रो धान उत्पादन प्रभावित भएको छ । पछिल्ला दिनमा जलवायु परिवर्तनले सिर्जना गरेका परिस्थितिका कारण धान उत्पादन प्रभावित भइरहेको छ । विश्वव्यापी तापक्रम वृद्धि, हरितगृह प्रभाव, मौसमी प्रतिकूलता, अतिवृष्टि, अनावृष्टि, समयमा वर्षा नहुनु आदि कारणले धानको उत्पादनमा ह्रास आइरहेको छ ।

धान बालीको महव दर्शाउन र यसको उत्पादनलाई प्रोत्साहन गर्न संयुक्त राष्ट्रसंघले सन् २००४ लाई ‘अन्तर्राष्ट्रिय धान वर्ष’को रूपमा मनाएको थियो । सोसँगै २९ मंसिर २०६१ को मन्त्रिस्तरीय निर्णयअनुसार नेपालमा असार १५ को दिनलाई ‘राष्ट्रिय धान दिवस’को रूपमा मनाउन थालियो । त्यसयता हरेक वर्ष एउटा सान्दर्भिक नारासहित विशेष उत्सवका रूपमा यो दिवस मनाइँदै आएको छ । ‘असार पन्ध्र’ नेपाली कृषकको एउटा उत्सव नै बनेको छ । धान दिवस मनाउन थालिए यता यस दिवसका अवसरमा पर्यटकीय नगरी पोखरालगायत मुलुकका विभिन्न स्थानमा विदेशी पर्यटकसमेतलाई रोपाइ“ँमा सामेल गराई उल्लासका साथ दिवस मनाउने गरिएको छ । तर, धान दिवस औपचारिकता मात्र हुने सीमित रहेको कृषकको गुनासो छ ।

खेतीयोग्य उर्वर भूमिमा पूर्वाधारको निर्माण, सहर तथा बस्तीको विकास र विस्तार हु“दै जा“दा कृषि बालीको उत्पादनमा क्रमशः ह्रास आएको र खाद्यान्न आयातको आयतन निरन्तर फराकिलो हुँदै गइरहेको सन्दर्भमा सो वास्तविकतालाई आत्मसात् गरी सोहीअनुसार उपयुक्त नीति र कार्यक्रम बनाई अर्थतन्त्रको समृद्धिका लागि धानलगायतका बढी उपभोग हुने खाद्यान्नको उत्पादन वृद्धि गर्नेतर्फ प्रयत्न गर्नु जरुरी छ । यसैगरी, खानामा भातलाई नै रुचाउने हाम्रो प्रवृत्तिमा सुधार ल्याउँदै बाली विविधीकरण गर्ने र अन्य खाद्यान्नको समेत उपभोग गर्ने प्रवृत्ति बढाउनेतर्फ पनि हाम्रो प्रयास वाञ्छनीय छ ।

अन्त्यमा, असार नेपाली कृषकका लागि व्यस्तताको महिना हो । प्रमुख खाद्यान्न बाली धान बाली लगाउने महिना भएकाले यस महिनालाई महŒवपूर्ण र बेफुर्सदीको महिनाको रूपमा पनि लिने गरिन्छ । असार १५ लाई विशेष मानिए पनि कृषकका लागि यस महिनाका हरेक दिन उत्तिकै महŒवपूर्ण हुन्छन् । ‘मानो रोपेर मुरी उब्जाउने’ यस महिनाले व्यस्तता नै जीवन हो भन्ने सन्देश पनि प्रवाहित गर्छ । विगतका वर्षदेखि नै कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान क्रमशः घट्दै जानु अर्थतन्त्रमा संरचनात्मक परिवर्तनको दृष्टिले सकारात्मक देखिए पनि समग्र कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउनेतर्फ आर्थिक नीति केन्द्रित हुनु तथा हरेक याम र मौसममा उत्पादन हुने बालीनालीको पहिचान, विकास र कृषि कर्ममा लाग्नेलाई प्रोत्साहन गरिनु नितान्त जरुरी छ । यसो हुन सकेमा नै आत्मनिर्भरता पनि सम्भव हुनेछ ।

(Visited 55 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेपलाञ्चोक । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क...

पहिरोका घाइते भन्छन् : राति १२ बजे ‘लास्ट बर्थडे वीस’ गर्‍यौं, होसमा आउँदा हिलोमा गाडिएका रहेछौँ

कास्की । पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीका टङ्कबहादुर थापाका ज्येष्ठ सुपुत्री २२ वर्षीया पिङ्कीको बिहीबार जन्मदिन परेको थियो । जन्मदिनका अवसरमा साँझ आफन्त तथा केही...

काभ्रेमा एकै दिन थपिए ६ जना कोरोना संक्रमित

काभ्रेपलाञ्चोक । जिल्लामा आज (शुक्रबार) एकै दिन ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडाँैमा गरिएको पिसिआर परिक्षणमा ६ जनाकै रिपोर्ट पोजेटिभ आएको...

बाढी-पहिरो : उच्च सतर्कतामा बस्न सुरक्षा निकायलाई निर्देशन

जनकपुरधाम । बाढी पहिरोबाट प्रदेश २ मा हुन सक्ने जोखिम न्यूनीकरणको लागि तीनै सुरक्षा निकायलाई उच्च सतर्कतामा बस्न मुख्यमन्त्री लालबाबु राउतले निर्देशन दिएका छन्...

भर्खरै

काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेपलाञ्चोक । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क...

परीक्षा २९ असारबाट, २५ गते सूचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बस्न निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले २९ असारदेखि तोकिएको परीक्षाको तिन दिन अघि सुचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बसेर मात्रै परीक्षामा दिन...

बस्तीमै नदी पसेपछि…(फोटो फिचर)

सिन्धुपाल्चोक । निरन्तरको वर्षाले भोटेकोशी नदीको बहाव उच्च भएपछि नदी आसपसाका स्थानीयलाई सुरक्षित स्थानमा सार्न सुरु गरिएको छ । नदीले सडक कटान गर्दे बजार...

दुई तिहाईको समर्थनमा प्रधानमन्त्री बनेका ओलीको सडकमा चारजना समर्थक (फोटो फिचर)

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा देशका विभिन्न भागमा युवा समूहले प्रदर्शन गर्दै आएका छन् ।...

धेरै पढिएका

काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेपलाञ्चोक । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क...

परीक्षा २९ असारबाट, २५ गते सूचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बस्न निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले २९ असारदेखि तोकिएको परीक्षाको तिन दिन अघि सुचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बसेर मात्रै परीक्षामा दिन...

बस्तीमै नदी पसेपछि…(फोटो फिचर)

सिन्धुपाल्चोक । निरन्तरको वर्षाले भोटेकोशी नदीको बहाव उच्च भएपछि नदी आसपसाका स्थानीयलाई सुरक्षित स्थानमा सार्न सुरु गरिएको छ । नदीले सडक कटान गर्दे बजार...

दुई तिहाईको समर्थनमा प्रधानमन्त्री बनेका ओलीको सडकमा चारजना समर्थक (फोटो फिचर)

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा देशका विभिन्न भागमा युवा समूहले प्रदर्शन गर्दै आएका छन् ।...

ई-पेपर

(Visited 39 times, 1 visits today)