Saturday, July 24, 2021
HomeNot-to-be-missedतीन वर्षपछि स्वस्तिमा र पलसँगै सानो पर्दामा

तीन वर्षपछि स्वस्तिमा र पलसँगै सानो पर्दामा

,

काठमाडौं । केही दिनयता छायांकनको क्रम बढेको छ । यसैक्रममा अभिनेताहरू धमाधम म्युजिक भिडियोमा देखिन थालेका छन् । चलचित्रको पर्दामा सँगै काम गर्न नपाए पनि अभिनेता पल शाह र अभिनेत्री स्वस्तिमा खड्काले म्युजिक भिडियोमा सँगै काम गरेका छन् ।

यसपटक यी दुईले नयाँ गीत ‘ए है माया…’मा मंगलबार सँगै काम गरेका छन् । आफू लामो समयदेखि घरमै बसेको र ढाड दुख्ने समस्या भएको गुनासो गर्दै आएकी अभिनेत्री स्वस्तिमाले सो दुखाइलाई बेवास्ता गर्दै नयाँ म्युजिक भिडियोमा काम गरेकी हुन् ।

लामो समयसम्म काम नगरेको कारण स्वास्थ्यमा समस्या आए पनि काम गर्दाको उत्साह र ऊर्जाले सो दुखाइ कम भएको पनि उनले बताएकी छन् । यो गीतको अभ्यासकै क्रममा समस्या देखिएको काम गर्न नसकिएला कि जस्तो उनलाई लागेको थियो । तर, काम सम्पन्न गरेकी छन् । पल शाह र स्वस्तिमाले यस अघिसँगै फिल्म खेल्ने चाहना नराखेका हैनन् । तर, अहिलेसम्म जुरेको छैन । सँगै म्युजिक भिडियो खेल्ने अवसर पनि तीन वर्षपछि जुरेको स्वस्तिमाको कथन छ ।

अभिनेता पल शाह म्युजिक भिडियोका स्टार भएको र उनीसँग लामो समयपछि काम गर्न पाउँदा खुसी लागेको स्वस्तिमाले बताएकी छन् । आफूलाई पलसँग फिल्ममा काम गर्ने इच्छा भएको पनि स्वस्तिमाको कथन छ ।

तत्कालै कुनै पनि चलचित्रको छायांकन गर्ने अवस्था नरहेकाले आफूहरू म्युजिक भिडियोमार्फत भए पनि सक्रिय रहेन कथन पनि अभिनेत्री स्वस्तिमाको छ । यो भिडियोमा काम गरेपछि अरू पनि केही भिडियोबाट उनलाई यतिबेला प्रस्ताव आएका छ । राम्रा गीत छानेर राम्रो टिमसँग भिडियोमा काम गर्ने योजना स्वस्तिमाको छ ।

लकडाउनपछि पलको भने यो दोस्रो भिडियो हो । यसअघि गत साता पनि पलले कलाकार सरोज ओलीकै गीतको भिडियोमा अभिनय गरेका थिए । यो गीत पनि सरोजकै हो ।

गायक सरोजले नै यो गीतको भिडियो निर्देशन गरेका हुन् । लामो समयदेखि पर्दामा सँगै नदेखिएको पल र स्वस्तिमालाई सानो पर्दामा तीन वर्षपछि उतार्न पाउँदा खुसी लागेको सरोजको कथन छ । सम्पादन सुरु गरिएको यो गीतलाई उनी केही दिनमै भिडियोको रूपमा रिलिज गर्दै छन् ।

Loading comments...

आजको समाचार

प्रकाश र सुनिता विपद् जोखिमको सद्भाव दूत

काठमाडौं । वर्षा सुरु भएसँगै बढ्दै गरेको विपद् जोखिमलाई न्यूनीकरण गर्न सन्देश सम्प्रेषणका लागि कलाकारलाई सद्भाव दूतका रूपमा सरकारले नियुक्त गरेको छ । गृह...

चेल्सीले हाजार्ड फर्काउन प्रयास गर्ने

लन्डन । इंग्लिस क्लब चेल्सीले आफ्नो पूर्व बेल्जियन फरवार्ड इडेन हाजार्डलाई क्लबमा फर्काउन प्रयास थालेको छ । हाजार्ड २०१९ मा ८८ मिलियन पाउन्डमा स्पेनिस...

सुभाष नेम्वाङलाई प्रकाशमान सिंहको प्रश्न : आफुले विधि मिच्ने अनि मुल्य मान्यताको कुरा गर्ने ?

  काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एमाले संसदिय दलका उप नेता सुवास नेम्वाङलाई विधि मिचेर मुल्य मान्यता नसिकाउन आग्रह गरेका छन् । शुक्रवार प्रतिनिधी...

दुईहजार ९७७ सङ्क्रमित थपिए, १८ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर २,९७७ सङ्क्रमित थपिएका छन् भने एक हजार ६७८ जना सङ्क्रमणमुक्त भएका छन् । जम्मा १३ हजार ६९८ लाई...

साताका लोकप्रिय समाचार

एमाले नेता भीम रावलले राजीनामा फिर्ता लिए

  काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । शुक्रबार सभामुखलाई भेटेर पार्टी र जनताको आग्रह मानेर राजीनामा...

मिलन र विछोडको कथानक

राजनीति शक्तिका लागि संघर्ष हो । लामो समयसम्मको परिश्रम, घोटाइ, घोकाइ, दलाइ, खटाइ र अथक उठापटकपश्चात् मात्र शक्तिमा पुग्न पाइन्छ । किन्तु धेरैजसो परिश्रमीहरू...

सामाजिक विभेदले खुल्दैनन् लैंगिक अल्पसंख्यक

  धनगढी । सुदूरपश्चिम क्षेत्रमा ७ हजार बढी लैंगिक अल्पसंख्यक समुदायका मानिस रहेको तथ्यांक सार्वजनिक भएको छ । मितिनी नेपाल सुदूरपश्चिम प्रदेशका फोकल पर्सन राज...

शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्रासँग ७० पोर्न फिल्म

मुम्बई । बलिउड फिल्म निर्माता तथा अभिनेत्री शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्राको समूहले ठूलो मात्रामा पोर्न फिल्म बनाएर पोर्न फिल्मको व्यवसाय सञ्चालन गरेको प्रहरीले...

ट्रेन्डिङ

३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं ।  पछिल्लाे २४ घण्टामा नेपालमा ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार २ सय ५५ को पीसीआर...

उपचारपछि ६ जना कोरोना संक्रमित कोशी अञ्चल अस्पतालबाट डिस्चार्ज

विराटनगर । कोशी अञ्चल कोरोना विशेष अस्पतालमा उपचारार्थ भर्ना भएका छ जना आज बुधबार डिस्चार्ज भएका छन । लगातार दोस्रो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?