बैतडी । बैतडीको दोगडाकेदार गाँउपालिकाले वडा न. ७, का सबै दलित घरपरिवारलाई १–१ ग्याँस चुलो र ग्याँस सिलेण्डर बितरण गरेकोछ । चालु आर्थिक बर्षको दलित लक्षित कार्यक्रमबाट बितरण गरिएको हो । वडा न. ७, भित्र रहेका जम्मा ६२, दलित परिवारलाई उक्त सामग्री बितरण गरिएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए ।

गाँउपालिका अहिले धुवाँ रहित अभियानमा रहेकाले यस अभियानलाई टेवा गु¥याउने उदेश्यले ग्याँस चुलो बितरण गरेको उनले बताए । अध्यक्ष कार्कीले भने ‘दलित समूदाय अन्य भन्दा पिछडिएको समूदाय हो, बनजंगलको अभावमा उनिहरुका लागि दाउराको पनि समस्या छ, ग्याँसमा खाना पकाउँदा समयको बचत हुने, बनजंगल जोगीने, धुवाँबाट पनि बञ्चित भईने भएकाले हामीले बितरण गरेका हौँ उनले भने, ।

यस्तै, गाँउपालिकाका केहि ठाउँमा भने गोबरग्याँस बितरण गर्ने कार्यक्रम समेत रहेको गाँउपालिकाका कार्यालय सहायक अम्बादत्त जोशीले बताए । उक्त कार्यक्रमले गाउँपालिकालाई धुवाँमुक्त बनाउन सहयोग पुग्ने उनले बताए ।