सिन्धुपाल्चोक । अविरल वर्षसँगै भोटेकोशी र सुनकोशी नदीमा पानीको वहाब उच्च भएपछि नदी छेउछाउमा भागाभा भएको छ । भोटेकोशी गाउँपालिकाको लार्चा खोलामा बाढी आउँदा एक बच्चासहित जना बगाएर बेपत्ता बनाएको भोटेकोशीकी स्थानीय सुन्तली तामाङले जानकारी दिइन् । लोदो र पहिरोसहित आएको लार्चा खोलाले स्थानीय नाप्चे मगरलाई पुरिएको उनले बताइन् । अन्य दुई जनाको भने सनाखत हुन सकेको छैन । लार्चामा धेरै घर बगाएको उनले बताइन् । माथिबाट पहिरो र तल भोटेकोशी नदीले कटान गर्दे लगेपछि आफुहरु भागेर सुख्खा बन्दरगाहामा आएर बसेको उनले जानकारी दिइन् ।
तातोपानीमा बस्ती माथिबाट आएको लेदो र पहिरोले केही घर बगाएको छ । भोटेकोशी गाउँपालिकाको वडा नम्बर ४ का स्थानीय लार्चामा रहेको सुख्खा बन्दरगाहामा गएर बसेको भोटेकोशी गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिइन् । भोटेकोशीमा पानीको वहाव उच्च भएपछि भोटेकोशी पावर कम्पनीको ड्याम समेत उच्च जोखिमा रहेको स्थानीयले जानकारी दिएका छन् ।
लार्चामो केही घर पुरेको र स्थानीय समेत त्यसमा परेको हुन सक्ने उपाध्यक्ष शेर्पाले बताइन् । ‘घर पुरिएको भनेर जानकारी आएको छ, बाहिर निस्कन सक्ने अवस्था छैन’ शेर्पाले भनिन् । प्रहरीहरु घटनास्थलसम्म पुग्न नसकेकाले क्षतीको विवरण नआएको जिल्ला प्रहरी कार्यालयका डीएसपी माधव काफ्लेले जानकारी दिए ।
भोटेकोशीमा पानीको वहाब उच्च भएपछि बाह्रविसे नगरपालिकाको खुर्सानीबारीसम्म पानी आएको नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए । ‘बजारमा पानी पस्न थालेको छ, खुर्सानीबारीका स्थानीयमा भागदौड भएको छ’, मेयर शेर्पाले भने । इलाका प्रहरी कार्यालयको भवन समेत जोखिममा परेको छ । प्रहरी कार्यालयको शौचालय समेत नदीले बगाएको प्रहरीले जानकारी दिएको छ ।
अरनिको राजमार्गको ड्याम नजिकै सडकमा थप कटान भएपछि हिडेर अवतजावत गर्न समेत समस्या भएको छ । सुनकोशी जलविद्युत आयोजनाको ड्याम समेत उच्च जोखिममा परेको छ । भोटेकोशी र सुनकोशी नदीमा पानीको पहाब उच्च भएपछि नदी छेउमा बसोबास गर्नेहरुलाई सुरक्षित स्थानमा जानका लागि आफुहरुले आग्रह गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए ।