कालिकोटमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

कालिकोट । कालिकोट जिल्लामा ७ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट आएका उनीहरुमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्लामा गरिएको पिसिआर परिक्षणमा एक गर्भवती महिलासहित ७ जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालय कालिकोटले जनाएको छ ।

स्वस्थ्य सेवा कार्यालयका सुचना अधिकारी कटक महतका अनुसार, जिल्लाको महावै गाउँपालिका वडा र्न २ निवासि २० वर्षीया गर्भवती महिला, शान्नी त्रिवेणी गाउँपालिका वडा र्न १ निवासि ३१ वर्षीय पुरुष, वडा र्न २ निवासि २१,२३ र ५८ वर्षिय ३ जना, वडा र्न ४ निवासि २९ वर्षी एकजना पुरुष, खाँडाचक्र नगरपालिका वडा र्न १ निवासि ३ वर्षीय बालिका लाई कोरोना देखिएको बताए ।

उनका अनुसार, २० वर्षीय गर्भवती महिलालाई उपचारका लागि जुम्ला स्वास्य विज्ञान प्रतिस्ठानमा रिफर गरिसकेको बताए । कोरोना देखिएका ७ जना मध्ये महिलालाई जुम्ला रेफर गरिसकेको र वाँकी ६ जनालाई सम्बन्धित पालिकाको आइशोलेसनमा उपचारका लागि राखिएको उनको भनाई छ । अहिले सम्म जिल्लामा १४ जना कोरोना संक्रमण देखिएका संक्रमित आइसोलेसनमा रहेको र थप गरेर जिल्लामा अहिलेसम्म २१ जाना आइसोलेसनमा रहेको बताए । अहिलेसम्म जिल्लाका ९ वटै स्थानिय तहका क्वारेन्टाइनमा जम्मा ६४ जना मात्र रहेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 207 times, 1 visits today)

epaper

ताजा समाचार

मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु