Saturday, August 8, 2020
Home बिचार आदिकवि भानुभक्त र नेपाली भाषा

आदिकवि भानुभक्त र नेपाली भाषा

असार २९ आदिकवि भानुभक्त आचार्यको २०७औं जन्मजयन्ती हो । आदिकवि भानुभक्त आचार्यको जन्म १८७१ असार २९ गते तनहुँको रम्बामा आइतबार भएको थियो । उनको स्वर्गारोहण १९२५ असोजमा भयो । नेपालमा भानुभक्तको नाम नेपालको राष्ट्रिय एकतातसँग आबद्ध छ । भाषिक हिसाबले मात्र होइन, विश्वभरमा छरिएर रहेका नेपालीको लागि उनी एकताका पे्ररणा बनेका छन् । वाल्मीकि रामायणलाई भानुभक्तले नेपाली भाषामा छन्दमय पद्यमा अनुवाद गरेर नेपाली जनमानसलाई श्लोकमय बनाउन सकेका थिए । वाल्मीकि संस्कृत भाषाका आदिकवि हुन् । बाल्मीकि रामायण अनुवाद गरेर भानुभक्त नेपाली भाषाका आदिकवि बन्न पुगे । बाल्मीकिले नेपालको चितवन जिल्लाको दक्षिणतर्फ नारायण नदीको किनारमा आश्रम कायम गरेका थिए ।

त्यही ठाउँमा रामले सीतालाई त्यागेपछि सीताले आश्रय लिएकी थिइन् । त्यही ठाउँमा लवकुशको जन्म भएको थियो । ‘मानिसाद प्रतिष्ठात्गमय शास्वस्ती समा, यादकौंच मिथुनादेकः ममधि काम मोहितम् ।’ यो संस्कृत साहित्यको पहिलो कविता हो । बाल्मीकि आश्रमको किनारमा सोना र तमोसा नदीमा नुहाउन जाँदा एक व्याधाले चलिरहेका एक जोडी बाजलाई काँडले हानेर घायल बनाएपछि त्यो विह्वल दृश्यबाट विस्फोटित बनेर करुणरसमय श्लोक वाल्मीकिमा प्रस्फुटित हुन गयो र त्यही श्लोक प्रस्फुटित भएपछि वाल्मीकिले रामायण लेखे । वाल्मीकि ऋषि बने । वाल्मीकिले रामायणका केही भाग भक्तपुरको हनुमानघाटमा बसेर लेखेका थिए भन्ने प्रमाण पनि धेरै जुटेका छन् ।

भक्तपुरको हनुमानघाट सानो छ । राम, सीता, लक्ष्मणको अखण्ड दीप प्रज्वलित हनुमानघाट एउटा पवित्र धाम नै हो । यसको चियोचर्चा नभएकाले हनुमानघाट जस्तो पौराणिक स्थल अपरिचित हुन पुगेको हो । केही वर्षअगाडि मात्र हनुमानघाट अध्ययन–भ्रमणको मौका मिल्यो । तर, २०३७ सालमा वाल्मीकि आश्रमको अध्ययन भ्रमण गर्दा मलाई अत्यन्त गौरव महसुस भयो । यी दुवै वाल्मीकिका कर्मक्षेत्र हुन् । वाल्मीकि आश्रम र हनुमानघाटलाई अन्तराष्ट्रिय धामको रूपमा सरकारले विकास गरेर विश्वव्यापी बनाउनुपर्छ । वाल्मीकि आश्रम र हनुमानघाटलाई अन्तर्राष्ट्रियकरण गर्न सकियो भने नेपालको ठूलो प्रतिष्ठा कायम हुन्छ । नेपाली भूमिमा रहेर रामायणलाई संस्कृत र नेपाली भाषामा यी दुई महारथी वाल्मीकि र भानुभक्तले लेखेर नेपालको प्रतिष्ठा बढेकोमा हामी नेपाली गैरवान्वित छौं । भानुभक्तका कविता प्राकृतिक सिर्जनात्मक नेपाली राष्ट्रवादसँग गाँसिएका छन् । भानुभक्तले दुर्गा कवच, रुद्री, अमरकोष, लघुकौमुदीको राम्रो अध्ययन गरेका थिए ।

भानुभक्तले रामायणलाई नेपालीमा अनुवाद गरेपछि नेपाली भाषा अन्तरजातीय सम्पर्क भाषाको रूपमा झन् लोकप्रिय भयो

अध्ययन नगरी कोही पनि स्रष्टा बन्न सक्तैन । उनको मिहिनेतको प्रतिफल नेपालले भानुभक्तबाट रामायण पायो । भानुभक्तले नेपाली भाषामा रामगीता, बधु शिक्षाजस्ता कैयौं काव्यहरूको रचना गरेर नेपाली समाजलाई सिर्जनात्मक बाटो देखाएको थिए । भानुभक्त सम्झदा मोतीराम भट्टको नाम पनि सँगसगै आउँछ । भानुभक्तका कृतिलाई व्यापक प्रचार गर्नमा उनको ठूलो देन छ । भानुभक्तको नामसँग कवि मोतीराम भट्टको नाम जाडिन्छ । मोतीराम भट्ट पनि नेपाली साहित्यको जग हुन् । भानुभक्तको सम्मानार्थ साहित्यकार पारशमणि प्रधानको सक्रियतामा दार्जिलिङका नेपालीले दार्जिलिङको चौरास्तामा भानुभक्तको सालिक बडो सम्मानका साथ राखिएको थियो । गोर्खाल्यान्ड आन्दोलनको बेला नेपाल विरोधी उच्छृङ्खल तŒवले भानुभक्तको सालिक ढालेका थिए । केही वर्षपछि दार्जिलिङको चौरास्तामा नै भानुभक्तको पूर्णकदको सालिक निर्माण गरिएको थियो । धन्य छन् दार्जिलिङका नेपाली भाषी स्रष्टाहरू, जसले नेपाली भाषाको प्रतिष्ठाका लागि सगौरव भानुभक्तको सालिक उभ्याएर देखाइदिए । पहिचानको लडाइँमा सिक्किमकी एक वीरंगना नरबहादुर भण्डारकी श्रीमती दिलकुमारी भण्डारीले भारतको संसद्बाट नेपाली भाषालाई भारतको सरकारी लेखापढीको भाषाको रूपमा राख्ने अभियानमा सफलता हासिल गरेकी थिइन् ।

नेपाल अधिराज्यभर नेपाली भाषा सबै भाषाभाषीका बीचमा सम्पर्क कायम गर्न सजिलो र लोकप्रिय हुन सकेकाले राष्ट्रभाषाको रूपमा सबै जातका नेपालीको प्रतिष्ठा र पहिचानको स्रोत बनिरहेको अवस्थामा भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरेर नेपालका जातीय तथा स्थानीय भाषाभाषीका पनि प्रिय बन्न सके । विशाल नेपालको एकीकरण हुनुभन्दा धेरै वर्ष अगाडिदेखि नेपाली भाषा पूर्वमा ब्रह्मपुत्र र पश्चिममा काश्मीरसम्म प्रचलित भइसकेको थियो । १३८२ सालसम्ममा किरात क्षेत्रमा पनि नेपाली भाषाको चल्ती थियो भन्ने संकेत सिमरौनगढका राजा हरिसिंह देवका पण्डित ज्योतिरीश्वरको कृति ‘वर्णरत्नाकर’बाट जाहेर हुन्छ भन्दै भाषाविद् बालकृष्ण पोखरेलले लेखेका छन् । त्यस्तै भानुभक्त पोखरेल लेख्छन्, ‘नेपाल एकीकरण हुनुभन्दा ५–७ सय वर्षअघि नै यसभूभागका राजा–रजौटाले परम्परा पत्राचार, सन्धिसम्झौता गर्ने तत्कालीन अन्तरराज्यीय भाषा नेपाली नै थियो । नेपाल एकीकरण अभियानमा पृथ्वीनारायण शाहले बाइसी, चौबीसे, लिम्बुवान, खम्बुहाङ, आदिका आपुंगी टुक्रे राजासित व्यवहार गर्ने भाषा पनि नेपाली नै थियो ।’

पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुभन्दा अगाडि कान्तिपुरका राजा लक्ष्मीनरसिंह मल्ल र उनका छोरा प्रतापमल्लको समयमा नेपाली भाषा प्रयोग भएका प्रशस्त अभिलेख पाइन्छन् । जगतप्रकाश मल्ल, भूपतीन्द्र मल्ल, भास्कर मल्ल र जयप्रकाश मल्ल्ले पनि पनि नेपाली भाषामा लेखापढी गरेका थुपै प्रमाण छन् । त्यही भाषालाई भानुभक्तले अरू जीवन्त बनाए । नेपाली भाषा हिमवत्खण्डका राज्यमा प्रचलित भइरहेको अवस्थामा भानुभक्तले रामायणलाई नेपालीमा अनुवाद गरेपछि नेपाली भाषा अन्तरजातीय सम्पर्क भाषाको रूपमा झन्झन् लोकप्रिय हुन गयो । भारतका आसाम, मणिपुर, दार्जिलिङ, उत्तराञ्चलको देहरादुन, अलमोडालगायत भारतका अनेकौं ठाउँमा रहेका नेपालीको प्रिय भाषाको रूपमा नेपाली भाषा पूजनीय भइरहेको र भारत सरकारले सरकारी भाषासरहको मान्यता दिएर नेपाली भाषालाई अन्तर्राष्ट्रिय मान्यता गरेको छ । नेपाल विभिन्न जाति, वेशभूषा, भाषभाषीको थलो हो । यहाँ जम्मा १२४ भाषा छन् । तीमध्ये ४०÷५० भाषा विकसित अवस्थामा छन् । मैथिली, भोजपुरी, अवधि, मगर, गुरुङ, तामाङ, शेर्पा, नेवार, थारु, राजवंशी, लिम्बु, राई, नेवार, थकाली, सुनुवार, सतार, उर्दू भाषा आदि भाषा आआफ्नो समुदायमा लोकप्रिय छ । भाषाको हिसाबले नेपाल धेरै धनी छ । खुला सिमानाको कारणले हिन्दी भाषा कहीँ कतै बोल्ने गरिन्छ । तर, तराईका मूलवासीको भाषा हिन्दी होइन । यसो भन्दैमा सबै स्थानीय भाषालाई सरकारी भाषामा स्थापित गर्न खोज्नु द्वन्द्व निम्त्याउनुसरह हुन्छ ।

नेपाली भाषा र साहित्यलाई विश्वव्यापी बनाउनमा दार्जिलिङका साहित्यकारको ठूलो देन छ । नेपाली भाषाबारेमा दार्जिलिङका विद्वान् पारसमणि प्रधानले भनेका थिए, ‘नेपाली भाषा कुनै निश्चित जात वा जातिको भाषा होइन । यसलाई बाहुन, क्षेत्रीलगायत गरुङ, मगर, राई, लिम्बु, नेवार, तामाङ’ आदि जातले आआफ्नो बोली छँदाछँदै पनि नेपाली भाषालाई मातृभाषा भनी अपनाएका छन् । यसो गर्नाले एउटा विशाल नेपाली जातिको सृष्टि भएको छ । कुनै जातका मानिसले आफ्नो जातीय बोली बिर्सनैपर्छ भन्ने केही छैन । तर, नेपाली भाषा हाम्रो होइन भनेर विभिन्न नेपाली जातिले संघर्षका निम्ति संघर्ष गर्न थाले भने न उनीहरू आफैं उभिन सक्छन्, न अरूलाई उभिन दिन्छन् । पहिलेको खस बोली खस भाषामा परिणत भएर गोर्खा वा गोर्खाली भाषा हुन पुगेको र अहिले तमाम नेपाली जातिको भाषा हुनपुगेको छ ।’ यसरी नेपाली भाषालाई अन्तरजातीय रूपमा स्थापित गराउन भानुभक्तको रामायणको ठूलो देन छ । साहित्य भनेको प्रदूषण होइन, सिर्जना हो, चरित्र निर्माणको आधार ।

भानुभक्त नेपाली साहित्यका चरित्रका पूज्य हुन् । उनको कवितात्मक भावना प्राृकतिक सिर्जनाबाट नेपाली राष्ट्रवादसँग गाँसिएका हुन्थे । लेखनाथ, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, भवानी भिक्षु, भीमनिधि तिवारी, हृदयसिंह प्रधान, सिद्धिचरणजस्ता साहित्यकारजस्ता स्रष्टाको जन्म हुनु पनि भानुभक्त नै प्रेरक हुन् । आदिकवि भानुभक्त नेपाली समाजमा अजर अमर छन् । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती हामी सबै नेपालीको लागि गौरव हो ।

(Visited 45 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

क्वारेन्टिनमा बस्दै आएकी युवतीले गरिन् आत्महत्या

काभ्रेपलाञ्चोक । जिल्लाको बेथानचोक गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएकी एक युवतीले आत्महत्या गरेकी छिन् । गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टिनमा बसेकी युवती शुक्रबार दिउँसो झुण्डिएको...

कोरोना संक्रमितका दुःख : अस्पताल जाउँ ठाउँ छैन, घरमै बसौं गाउँलेले हेप्छन्

इटहरी । प्रशासनले बेवास्ता गरेकाले इटहरीका कोरोना संक्रमित घरमै बसेका छन् । मंगलबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट...

काठमाडौंमा १०२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९२ जनामा संक्रमण...

कोरोना संक्रमणबाट पाटन अस्पतालमा दुई जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट शुक्रबार थप दुई जनाको मृत्यु भएको छ । पाटन अस्पतालको आईसीयूमा उपचाररत ४५ वर्षीय पुरुष र ४१ वर्षीय महिलाको मृत्यु...

भर्खरै

जोखिमको ग्राफ उचालिँदो

काठमाडौं । लकडाउन अन्त्य भएयता कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । यो अवस्थाले आगामी दिन निकै चुनौतीपूर्ण र जोखिमपूर्ण...

जोखिम बढेसँगै काठमाडौं प्रशासनका सेवा कटौती

काठमाडौं । उपत्यकामा कोरोना संक्रमणको जोखिम अत्यधिक बढेसँगै काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयबाट दिइने सेवा कटौती गरिएको छ । तीनवटै जिल्लाका प्रमुख...

सानादेखि गगनचुम्बी भवन बनाउन सहज

काठमाडौं । नेपालमा अब साना ठूला सबै किसिमका भवन भूकम्पप्रतिरोधी बनाउन सहज हुने गरी बाटो खुलेको छ । साना–ठूला सबै खालका भवनलाई भूकम्पप्रतिरोधी बनाउन आवश्यक...

विराटनगरमा काेराेना सङ्क्रमणबाट एक जनाकाे मृत्यु

बिराटनगर ।  विराटनगरमा एक सङ्क्रमितको आज मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरमा ५८ वर्षीय वृद्धको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको मेडिकल सुपरिटेण्डेन्ट डा...

धेरै पढिएका

जोखिमको ग्राफ उचालिँदो

काठमाडौं । लकडाउन अन्त्य भएयता कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । यो अवस्थाले आगामी दिन निकै चुनौतीपूर्ण र जोखिमपूर्ण...

जोखिम बढेसँगै काठमाडौं प्रशासनका सेवा कटौती

काठमाडौं । उपत्यकामा कोरोना संक्रमणको जोखिम अत्यधिक बढेसँगै काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयबाट दिइने सेवा कटौती गरिएको छ । तीनवटै जिल्लाका प्रमुख...

सानादेखि गगनचुम्बी भवन बनाउन सहज

काठमाडौं । नेपालमा अब साना ठूला सबै किसिमका भवन भूकम्पप्रतिरोधी बनाउन सहज हुने गरी बाटो खुलेको छ । साना–ठूला सबै खालका भवनलाई भूकम्पप्रतिरोधी बनाउन आवश्यक...

विराटनगरमा काेराेना सङ्क्रमणबाट एक जनाकाे मृत्यु

बिराटनगर ।  विराटनगरमा एक सङ्क्रमितको आज मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरमा ५८ वर्षीय वृद्धको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको मेडिकल सुपरिटेण्डेन्ट डा...

ई-पेपर

(Visited 45 times, 1 visits today)