जाजरकोट । अबिरल बर्षासंगै आएको बाढी पहिरोले ठुलो जनधनको क्षति भएको ’boutकोटमा संघीय सरकारका वन तथा वाताबरणमन्त्री शक्तिबहादुर बस्नेतले राहत पुर्याएका छन् । पहिरो पीडित र संभावित पहिरोको डरले बिस्थापित परिवारका लागि मन्त्री बस्नतले राहत पुर्याएका हुन् ।
पहिरो पीडित र बिस्थापित परिवारका लागि मन्त्री बस्नेतले प्रभाबित क्षेत्रमा पुगेर राहत बितरण गरेका छन् । नेपाली सेनाको हेलिकप्टर मार्फत ’boutकोटमा राहत सामाग्री लिएर मन्त्री आफै बस्नेत पुगेका हुन् । जाजरकोटबाट प्रत्यक्ष निर्बाचित प्रतिनिधिसभा सदस्य समेत रहेका मन्त्री बस्नेतसंगै प्रतिनिधिसभा सदय सत्या पहाडी, राष्ट्रिय सभाका सदस्यद्वय माया प्रसाद शर्मा र भैरब सुन्दर श्रेष्ठ पनि घटनास्थल ’boutकोट पुगेका हुन् । घटना भएकै दिन राहत तथा उद्दारको पहल गरे पनि खराब मौसमका कारण समयमा उद्दार गर्न राहत पुर्याउन नसकिएको मन्त्री बस्नेतको भनाई छ ।
‘पहिलो चरणमा पहिरो प्रभाबित क्षेत्रको स्थलगत अबलोकन अध्ययन भयो । समस्या जटिल छ, धेरै घरपारिवार बिस्थापित हुनु भएको छ । अब पिडित र प्रभाबित परिवारका लागि आबश्यक राहत र क्षतिपुर्तिको ब्यबस्था गर्न लागेको छु’, मन्त्री बस्नेतल भने, ‘म संघीय सरकारको मन्त्री मात्र नभएर यो जिल्लाको जनप्रतिनिधि हुँ, जिल्लाका सबै समस्या मेरा समस्या हुन् । यिनको समाधान गर्नु मेरो कर्तब्य हो, त्यो म पुरा गर्छ ।’ ’boutकोटको पहिरो र बाढी प्रभाबितलाई राहत र क्षतिपुर्तिको ब्यबस्था गर्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार तिनै तहको समुन्वयमा भइरहेको मन्त्री बस्नेतले बताए ।
लगातारको बर्षादले ’boutकोटमा ठुलो जनधनको क्षति गरको छ । पहिरोमा परेर ’boutकोटमा ११ जनाकाो मृत्यु भएको छ । एक जना बेपत्ता छन् । त्यस्तै बाढीले बगाएर २ जना बेपत्ता छन् । लाखौको धनमाल, पशुचौपाया र बालीनाली नोक्सान भएको छ । गाउँ गाउँमा पहिरो जान थालेपछि ’boutकोटका ८ सय बढी घरपरिवार बिस्थापित भएका छन् । बिस्थापितहरु अहिले कतिपय सामुदायिक विद्यालयमा बसेका छन् । केही बर्षाको झरीमा खुल्ला चौरमा त्रिपालमुनि रात काट्न बाध्य छ । त्यस्तै जंगलका ओडरमा समेत बसेका छन् । ’boutकोटमा संकट आएकोले सबैलाई सहयोग गर्न अपिल गरेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादर शाहले बताए । पहिरो पिडित र प्रभाबित परिावारलाई सुरक्षित बासको ब्यबस्था गर्न निकै कठिन भएको अध्यक्ष शाहको भनाई छ






